बिराटनगर, १९ जेठ । प्रहरीले अवैध रुपमा भन्सार छली ल्याएको ट्याक्टरसहित सामान नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बुधबार बिराटनगर–इटहरी सडक खण्डको बिराटनगर–४ स्थित सडकमा अवैध रुपमा भन्सार छली ल्याएको बिआर३३जिवि २६२७ ट्याक्टरसहित सामान नियन्त्रणमा लिएको हो ।
बिराटनगरबाट इटहरीतर्पm लाँदै गरेको ट्याक्टरमा मोटर पार्टस, छाला, नटबल्टु, मेसिन पार्टस र कपडालगायतको चालिस लाख बराबरको अवैध रुपमा सामान राजस्व छलि ल्याएकोले प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले ट्याक्टर चालक भारत अररिया जिल्ला जोगवनी–१० टिकुलीया बस्तीका श्याम चौधरीलाई पनि नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको ट्याक्टर, चालक र सामानहरु आवश्यक कार्वाहीका लागि राजश्व अनुशन्धान कार्यालय इटहरीमा बुझाएको प्रहरीले जनाएको छ ।