२६ माघ २०८१, शनिबार

Darshan Daily

५ वर्ष अगाडि

बिराटनगर, १९ जेठ । नेपाल मेडिकल कलेज जोरपाटीमा गत १४ गते ६४ वर्षिय महिलाको उपचारको क्रममा मृत्युु भएको घटनालाई लिएर चिकित्सक माथी हातपात गरिएको घटना प्रति नेपाल चिकित्सक संघ, कोशी अञ्चल शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघद्वारा आइतबरा जारी विज्ञप्तीमा ‘कोरोना भाईरसको महामारीका कारण उत्पन्न हुँदै आएको मानवीय संकटका समयमा चिकित्सकहरुले आप्mनो ज्यानको बाजी लगाउँदै चिकित्सकिय धर्मअनुसार निरन्तर स्वास्थ्य सेवा प्रवाह गरिरहेको यो अवस्थामा चिकित्सक माथी नै शारीरिक हमला गर्ने जस्तो अत्यन्तै अमानवीय कृयाकलाप प्रति कोशी शाखा घोर भत्र्सना गर्दछ’ भनिएको छ ।
मुलुकभर उत्पन्न महामारीविरुद्द युद्द मैदानमा होमिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई यस्तो अमानवीय र अक्षम्य घटना घटाउने माथी अविलम्ब कानुनी कारबाही गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछौं भनिएको छ ।
साथै कारबाही नगरिएको खण्डमा नेपाल चिकित्सक संघ केन्द्रीय समितिले लिने जुनसुकै निर्णयमा समेत शाखाको ऐक्यवद्धता रहने जनाएको छ ।

सोमबार, जेठ १९, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]