०५ साउन २०८१, शनिबार

Darshan Daily

२ वर्ष अगाडि

विराटनगर । नेपाली काङ्ग्रेस विराटनगरले आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भ पारेर तय गरिउका कार्यक्रमहरु समेटिएको संकल्प पत्र सार्वजनिक गरेको छ ।
विराटनगर महानगरभित्र ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने उपभोक्ताको बिजुलीको महशुल तिरिदिनेसहितका विभिन्न कार्यक्रम समेटिएका चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ ।
कांग्रेसको शुक्रबार महानगर समितिले एक कार्यक्रम गरी स्थानीय तह निर्वाचनका सन्दर्भमा बनाइएको संकल्प पत्र सार्वजनिक गरेको हो ।
महानगरमा आप्mनो दल विजयी भएमा ३० युनिटसम्म विद्युत् खपत गर्ने महानगरवासीलाई निःशुल्क विद्युत् उपलब्ध गराउने कांग्रेसको घोषणा छ ।
स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार नागेश कोइरालाले आफूहरु बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादका अनुयायी भएकोले त्यही सपना साकार पार्न निम्न आय भएका नागरिकको समस्या सम्बोधन गर्ने गरीका कार्यक्रम घोषणा गरिएको बताए । ‘त्यसैका आधारमा हामीले फ्री विद्युत्को कार्यक्रम अघि सारेका हौं,’ उनले भने ।
कोइरालाले आफूले समाजवादको सिद्धान्तमा रहेर चुनावी संकल्पपत्र तयार पारेको दाबी गरेका छन् । ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य वीमाको प्रबन्ध गरिने पनि कोइरालाले जानकारी गराएका छन् ।
कोइरालाले महानगरपालिकाबाट प्रमुखलाई प्राप्त हुने सबै आर्थिक सुविधा सेवा र सामाजिक कार्यमा प्रदान गर्ने प्रतिबद्धता प्रकट गरे ।
उनले आप्mनो पार्टी विजयी भएमा विराटनगर महानगरपालिकामा भूमिगत पार्किङसहितको २५०० क्षमताको सुविधा सम्पन्न सभागृहको निर्माण गर्ने अर्को महत्वाकांक्षी घोषणा गरेका छन् ।
‘शु क्रबार हरेक राजनीतिक पार्टी, तिनका भ्रातृ, भगिनी र शुभेच्छुक सङ्गठन तथा अन्य विभिन्न संघसंस्थाहरू आप्mनो महाधिवेशन गर्ने उपयुक्त स्थान पाइरहेका छैनन्’, उनको भनाइ थियो, ‘राजनीतिक चेतनाको उद्भवस्थल विराटनगरलाई महाधिवेशनको केन्द्र बनाउने हो भने यहाँको महत्त्व र आकर्षण अझ बढ्नेछ ।’
संकल्पपत्रमा अनाथ, असहाय तथा विपन्नका पहुँचमा शिक्षाको समान अवसर पु¥याउन नमूना आवासीय विद्यालयको स्थापना गर्ने उल्लेख गरिएको छ ।
साथै सामुदायिक विद्यालयलाई छात्रामैत्री बनाउन भेन्डिङ मेसिनसहितको प्याड ब्यांक स्थापना गर्ने बताइएको छ ।
संकल्पपत्रमा जटिल शल्यक्रिया तथा विशेषज्ञ सेवासहित महानगर अस्पताल (मेट्रोसिटी हस्पिटल) स्थापना गर्ने जानकारी गराइएको छ ।
कोइरालाले तारे होटल र कम्तीमा १ सय जनालाई रोजगारी दिने सपिङ कम्प्लेक्स, मल वा डिपार्टमेन्टल स्टोरलाई कम्तीमा ५ वर्ष महानगरपालिकाले लिने राजस्वमा ५० प्रतिशत छुट गर्ने घोषणा गरे ।
उनले आफ्नो दल विजयी भएमा विराटनगरमा एक औद्योगिक र राजनीतिक संग्रहालयको निर्माण गर्ने स्पष्ट पारे ।
‘बिजुली, टेलिफोन, इन्टरनेटलगायतका तारका सन्जाललाई भूमिगत गर्न संघीय र प्रदेश सरकारसँग समन्वय गरी ताररहित विराटनगर निर्माणको पहल गरिनेछ’, संकल्पपत्रमा भनिएको छ, ‘रोजगारी र निर्यात वृद्धि गर्ने उद्योग तथा व्यवसायको वर्गीकरण गर्ने गरी निश्चित अवधिसम्म कर छुटको प्रबन्ध गरिनेछ ।’
कोइरालाले ट्राफिकसम्बन्धी चापलाई घटाउन महानगरभित्र आवश्यक स्थानमा एस्केलेटर (विद्युतीय सिँढी) सहितको आकासे पुल निर्माण गरिने बताए ।
उनको कथन थियो, ‘विराटनगरमा ट्राफिक जामको समस्या क्रमशः विकराल बन्दै गएको छ । यसका तत्काल वैकल्पिक उपायको आवश्यकता छ । चुनावी विजयपछि हामी यो समस्याको तत्काल सम्बोधन गर्नेछौँ ।’
संकल्पपत्रमा सहरभित्र स्मार्ट पार्किङ स्थल निर्माण गर्ने र त्यसको व्यवस्थापनमा काम गर्ने स्पष्ट पारिएको छ ।
साथै नगरको पूर्वी र पश्चिम सीमामा रहेका केसलिया र सिंघिया खोलाका किनारमा वृक्षरोपण गरी ग्रिनबेल्ट करिडोरका रूपमा विकास गर्ने कार्यक्रम पनि राखिएको छ ।
संकल्पपत्रमा विराटनगरका मध्य भागमा अवस्थित नहरलाई पैदल मार्ग र साइक्लिङ जोनका रूपमा विकास गर्ने बताइएको छ ।
कोइरालाले कला, साहित्य र संगितको निरन्तर कार्यक्रम संचालनका लागि ‘ओपन स्क्वायर’ निर्माण गर्ने घोषणा गरे ।
साथै विराटनगरको एकीकृत भन्सार जाँच बिन्दु (आईसीपी) सम्म यही वर्ष आइपुग्ने कार्गो रेलको सेवालाई समुचित व्यवस्थापन गर्न रेलको यार्डदेखि आईसीपीसम्म पक्की सडक निर्माण गर्ने कार्यक्रम पनि संकल्पपत्रमा उल्लेखित छ ।
घोषणा सभामा नेका केन्द्रीय सदस्यहरू महेश आचार्य, डा. डिला संग्रौला र भीम पराजुलीले विराटनगरको विकासमा कांग्रेसले थप जिम्मेवार भएका कार्य गर्ने बेला आएको बताए ।

शुक्रबार, बैशाख १६, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]