११ माघ २०८१, शुक्रबार

Darshan Daily

३ वर्ष अगाडि

नयाँदिल्ली, ७ बैशाख । भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप दुई हजार जना संक्रमित भएका छन् ।
सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई हजार ६७ जना संक्रमित भएका हुन् ।
संघीय स्वास्थ्य मन्त्रालयले अघिल्लो दिन भन्दा ८२० जना बढी संक्रमित देखिएको जनाएको छ । मंगलबार सार्वजनिक गरिएको विवरणमा एक हजार २४७ जना कोरोना भाइरसबाट संक्रमित भएको उल्लेख थियो ।
भारतमा अहिले १२ हजार ३४० जना कोरोना भाइरसका सक्रिय संक्रमितहरु रहेका अधिकारीहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा एक हजार ५४७ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
महामारी सुरु भएदेखि अहिलेसम्म कूल चार करोड २५ लाख १३ हजार २४८ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी कोरोनाका कारण अहिलेसम्म भारतमा पाँच लाख २२ हजार छ जनाको मृत्यु भएको छ । ती मध्ये ४० जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।

बिहिबार, बैशाख ०८, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]