३१ आषाढ २०८१, आइतबार

Darshan Daily

२ वर्ष अगाडि

विराटनगर, ४ बैशाख । भारतबाट नेपालतर्पm आउँदै गरेको भारतीय नागरिकलाई अवैध भारतीय रुपैंयासहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले शंका लागि शनिबार बिराटनगर–१५ स्थित २ नम्बर ढाटमा भारत आम्दाबाद गुजरात बस्ने नरेशकुमार बाबुभाईलाई अवैध भारतीय रुपैंयासहित पक्राउ गरेको हो ।
प्रहरीले नरेशसंग चेकजाच गर्ने क्रममा श्रोत नखुलेको भारतीय रुपैंया उनन्साठ्ठी हजार नगदसहित पक्राउ गरेको जनाएको छ ।
नगदसहित नियन्त्रणमा लिएको नरेशलाई प्रहरीले आवश्यक कार्बाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाएको जनाएको छ ।

आइतबार, बैशाख ०४, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]