३० आषाढ २०८१, शनिबार

Darshan Daily

२ वर्ष अगाडि

विराटनगर, ४ बैशाख । भन्सार छली ल्याएको सामानहरु प्रहरीले पक्राउ गरी राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाएको छ ।
अबैध रुपमा भन्सार छली चोरी पैठारी, राजश्व चुहावट गरी ल्याएको सामानहरु प्रहरीले पक्राउ गरी राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाएको हो ।
अवैध लत्ताकपडा लुकाई छिपाई राखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर–७ बाट अन्दाजी १५ लाख १ हजार ७ सय बराबरको सामान बरामद गरी आवश्यक कार्वाहीका लागि राजश्व कार्यालय इटहरी पठाएको हो ।
त्यसैगरि प्रहरीले विराटनगर–१६ बाट अन्दाजी ४ लाख ९ हजार बराबरको अवैध सामान बरामद गरेको छ ।
वरामद गरिएको सामान बिराटनगर भन्सार कार्यालय रानीमा बुझाएको जनाएको छ ।

आइतबार, बैशाख ०४, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]