११ माघ २०८१, शुक्रबार

Darshan Daily

३ वर्ष अगाडि

विराटनगर, ४ बैशाख । मोरङको जहदामा गाउँपालिकामा सम्पन्न ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को विजेताको उपाधि जहदा–४ ले हात पारेको छ ।
शनिबार भएको फाईनल खेलमा आयोजक लक्ष्मीनिया युवा क्लबलाई १५ रनले पराजित गर्दै जहदा–४ ले टुर्नामेन्टको विजेताको उपाधि हात पारेको हो ।
टस जितेर ब्याटिङ गरेको जहदा–४ ले निर्धारित २० मध्ये १९ औं ओभरको प्रगतिमा सबै विकेट गुमाई १६५ रनको स्कोर खडा गरेको थियो । जहदा–४ का लागि रबिन मण्डलले सर्वाधिक ४९ रन बनाउँदा बिशाल मण्डलले २७, सुमन राजवंशीले १९, महेश मण्डलले १५, निरज गौतमले १३ र चन्दन सिंहले १० रन जोडेका थिए । जहदा–४ का लागि अमोद मण्डलले ३ विकेट लिँदा निरज, रबिन र चन्दनले २÷२ तथा सुमन राजवंशीले १ विकेट लिएका थिए ।
१६६ रनको लक्ष्य पाएको लक्ष्मीनिया युवा क्लब १७ औं ओभरको प्रगतिमा सबै विकेट गुमाउँदै १५१ रनमा सीमित भएको थियो । क्लबकातर्पmबाट अभिषेक सिंहले सर्वाधिक ६४ रन जोड्दा श्यामसुन्दर मण्डलले ३२, अभिषेक साहले १७ र बलराम कामतले १० रनको योगदान दिएका थिए । लक्ष्मीनिया युवा क्लबका लागि बलराम कामतले २ विकेट लिँदा निरञ्जन अधिकारी र श्यामसुन्दर मण्डलले २÷२ तथा अभिषेक सिंह, अंकित सिंह राजपुत र जयकिशोर यादवले १÷१ विकेट लिएका थिए ।
खेलको ‘म्यान अफ द म्याच’ विजेता जहदा–४ का रबिन मण्डल भए । उनले कप र प्रमाण–पत्र प्राप्त गरे । यस्तै टुर्नामेन्टको ‘म्यान अफ द सिरिज’ उप–विजेता लक्ष्मीनिया युवा क्लबका अभिषेक सिहं, बेस्ट बलर क्लबकै निरञ्जन अधिकारी, बेस्ट क्याच विजेता टीम जहदा–४ का विशाल मण्डल र बेस्ट फिल्डर सोही टीमका चन्दन सिंह घोषित भए । उनीहरुले पनि मेडल र प्रमाण–पत्र प्राप्त गरे ।
केही प्राविधिक समस्याका कारण टुर्नामेन्टको दोश्रो सेमिफाईनल खेल शुक्रबार नै भए पनि पहिलो सेमिफाईनल भने शनिबार बिहान भएको थियो । पहिलो सेमिफाईनलमा जहदा–४ ले जहदा–२ लाई ३४ रनले पराजित गरेपछि जहदा–४ फाईनलमा पुगेको थियो ।
शनिबार भएको फाईनलमा विजेताको उपाधि हात पारेको जहदा–४ ले मेडल र प्रमाण–पत्रसहित नगद ३१ हजार तथा उप–विजेता बनेको लक्ष्मीनिया युवा क्लबले मेडल र प्रमाण–पत्रसहित नगद २१ हजारको पुरस्कार प्राप्त ग¥यो । प्रदेश नं. १ सरकारका स्वास्थ्यमन्त्री जयराम यादव तथा जहदा गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डलले विजेता र उप–विजेता टीमलाई पुरस्कृत गरेका थिए ।
खेलको औपचारिक कार्यक्रममा बोल्दै प्रदेश सरकारका स्वास्थ्यमन्त्री जयराम यादवले पनि पछिल्लो समय आयोजक क्लबको भुमिका र सक्रियता बढ्दै गएको बिषयको प्रशंसा गरे । उनले भोलिका दिनमा क्लबलाई चाहिने आवश्यक सहयोगका निम्ति आपूm सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै जहदा गाउँपालिकाका अध्यक्ष मण्डलले लक्ष्मीनिया युवा क्लबद्वारा आयोजित यस प्रकारले खेलले राष्ट्रियस्तरका खेलाडीहरुको उत्पादनमा सहयोग पु¥याउने बताए । उनले आयोजक टीमप्रति आभारसमेत प्रकट गरे ।
लक्ष्मीनिया युवा क्लबले २०७५ सालदेखि प्रत्येक वर्ष क्रिकेट टुर्नामेन्टको आयोजना गर्दै आईरहेको छ । क्लबले यसअघि पनि २०७५, २०७६ र २०७७ मा ३ पटकसम्म क्रिकेट टुर्नामेन्टको आयोजना गरिसकेको छ ।

आइतबार, बैशाख ०४, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]