०२ कार्तिक २०७८, मंगलबार

दर्शन सम्वाददाता

१ वर्ष अगाडि

बिराटनगर, १९ जेठ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण विगत दुई महिना भन्दा बढी समयदेखि गरिएको बन्दाबन्दी (लकडाउन) ले ठप्प रहन पुगेका उद्योग, कल–कारखाना, व्यवसाय र बजारका कारण आम उपभोक्ताको जनजीवन कष्टकर हुनुका साथै उद्योगी व्यवसायीहरुले ठूलो आर्थिक संकटको सामना गर्नु परेको अवस्था सृजना भएको छ ।
मोरङ व्यापार संघले कोभिड–१९ को संक्रमणको जोखिम प्रति सचेत रही उद्योग संचालन, ढुवानी र श्रमिक व्यवस्थापन एवं आपूर्ति र बजार व्यवस्थापन गरी सूचारु गर्न आवश्यक प्रोटोकल बारे जिज्ञासा लिन संघका अध्यक्ष प्रकाश मुन्दडाले नेपाल कपडा व्यवसायी संघ, हार्डवेयर एसोशिएसन, मोरङ इलेक्ट्रिक संघ, खुद्रा व्यापार संघ, नेपाल सुन चाँदी व्यवसायी संघ, मोरङ अटोमोवाईल डिलर्स एशोसिएशनलगायत बस्तुगत संघहरुलाई संघमा आमन्त्रण गरी आइतबार छलफल गर्नुभएको छ ।
छलफलमा उपस्थित विभिन्न बस्तुगत संघका अध्यक्षहरु, पदाधिकारीहरु, प्रतिनिधिहरुलगायतका व्यवसायीहरुले स्थानीय बजारमा खाद्यान्न, दैनिक उपभोग्य बस्तु, तरकारी, मिठाई, किचनवेयर, इलेक्ट्रोनिक्स, विद्यूतीय जडान, लत्ता कपडा, जुत्ता तथा पहिरन सामग्री, निर्माणजन्य, ज्वेलरी, श्रृंगार, फर्निचर÷फिक्सर, अटोमोबाइल्स् तथा मेशिनरी स्पेयर पार्टस् आदि व्यवसायहरु संचालन गर्दा कर्मचारी, श्रमिक, उपभोक्तालगायत सबै वर्गलाई मास्कको प्रयोग, सेनिटाईजेशन, मानवीय दुरीलगायतका स्वास्थ्य सुरक्षाका विधिहरु अनिवार्य रुपले अवलम्बन गराई प्रत्येक दिन उपभोक्ता आवागतम समयको कम्तिमा चार घण्टा बजार तथा व्यवसाय संचालन गराउन एकबद्ध भई पहल गर्ने निष्कर्ष निकालेका छन् ।
साथै, बैंकका सम्पूर्ण शाखाहरु सहित कार्यालयहरु संचालन गराउन, भन्सार जाँचपासका कार्यलाई तिब्र बनाउन आदिका लागि समेत सम्बन्धित निकायमा पहल गरिने भएको छ ।
संघका अध्यक्ष मुन्दडाको सभापतित्वमा आयोजित उक्त छलफल कार्यक्रममा संघका निर्वतमान अध्यक्ष पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष नविन रिजाल, वाणिज्य उपाध्यक्ष विकासकुमार वेगवानी, महासचिव अनिलकुमार साहज्यू, का.का. सदस्यहरु सुशिल सुराना, संजयकुमार श्रेष्ठ, सन्तनु रेग्मीलगायतको सहभागिता रहेको थियो ।
यसअघि मोरङ व्यापार संघका अध्यक्ष मुन्दडाको नेतृत्वमा संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री माननीय मोती दुगड, प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री माननीय हिक्मतकुमार कार्की, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष श्रीमती भवानी राणा, संघीय सरकारका गृह सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसमक्ष संघका सहयात्री संस्था उद्योग संगठन मोरङलगायत वीरगञ्ज, सिद्धार्थनगर (भैरहवा) र नेपालगंज उद्योग वाणिज्य संघहरुको समेत समष्टिगत समस्याहरु अवगत गराउन उच्चस्तरीय वेभिनार कार्यक्रमको आयोजना गरी छलफल गरेको थियो ।

सोमबार, जेठ १९, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]