२२ कार्तिक २०८१, बिहिबार

दर्शन सम्वाददाता

४ वर्ष अगाडि

विराटनगर, १९ जेठ । चीनको स्वशासित क्षेत्र तीब्बत सरकारले प्रदेश १ सरकारलाई ठुलो मात्रामा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
नेपाल चीन कार्यकारी परिषद्ले आइतबार तीब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको हो ।
परिषद्का प्रदेश १ को–अर्डिनेटर मुकेश उपाध्यायले स्वास्थ्य सामग्री मुख्यमन्त्री राईलाई हस्तान्तरण गर्नुभएको हो ।
करिब ७ करोड ७४ लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्राप्त भएको स्वास्थ्य सामग्रीमा पिसिआर मेसिन २ सेट, भेन्टिलेटर ३ थान, एक्स–रे पोर्टेबल मेशिन १ थान रहेका छन् ।
त्यस्तै आरडिटी किट १० हजार, भिटिएम भाएल १० हजार, स्वाब स्टिक २० हजार थान, पिपिइ ५ हजार, एन ९५ माक्स ५ हजार, सर्जिकल माक्स २० हजार, सर्जिकल ग्लोब्स १० हजार, फेस शिल्ड २५ सय, आइआर थर्माेमिटर २ सय, अल्ट्रा सोनो ग्रामपोर्टेबल मेशिन १ थान, ह्यान्ड स्यानिटाइजर ५ सय मिलिलिटर रहेको छ ।
स्वास्थ्य सामग्रीहरुले प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनामा प्रभावकारी रुपमा प्रयोग गरिने मुख्यमन्त्री राईले बताउनुभयो । हामी प्रदेशका धेरै भन्दा धेरै नागरिकहरुको कोरोना परीक्षणमा छौं, प्राप्त भएका सामग्रीहरुले थप सहयोग पुगेको उहाँको भनाई छ । साथै सामग्री उपलब्ध गराएको तीब्बत सरकारलाई मुख्यमन्त्री राईले धन्यवादसमेत दिनु भएको छ ।
प्रदेश १ सरकारले कोरोना परीक्षणको दायरा तिब्र बनाएको छ । प्रदेश १ मा करिब ८ हजारको पिसिआर परीक्षण भएको छ । प्रदेश १ मा अहिलेसम्म १ सय ६२ जनालाई कोभिड—१९ पुष्टि भएको छ भने ३० जना निको भएर घर फर्कनु भएको छ ।

सोमबार, जेठ १९, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]