०८ चैत्र २०८१, शनिबार

रासस

३ वर्ष अगाडि

काठमाडौँ, १२ फागुन । नेपाल पञ्चांग निर्णायक समितिले पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन आह्वान गरेको छ ।
मन्त्रिपरिषद्को विसं २०७७ पुस २० गतेको बैठकले समिति गठन आदेश स्वीकृत गरी लागू भएपछि पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुपूर्व समितिको अनुमति लिनुपर्ने व्यवस्था रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बुधबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । समितिको स्वीकृति नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्दा चाडपर्व, बिदालगायत विषयमा फरक पर्न जाने भएकाले त्यसो नगर्न समितिले अनुरोध गरेको हो ।
समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रो तथा भित्तेपात्रोका विषयमा बजार अनुगमन भइरहेको पनि समितिले जनाएको छ । समाजमा भ्रम फैल्याउने उद्देश्यले प्रकाशन हुने समितिको स्वीकृति नलिएका पात्रो तथा भित्तेपात्रोलाई बजार अनुगमनका क्रममा जफत गरी प्रकाशकलाई कानुनअनुसार कारबाही गरिने पनि समितिको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यससम्बन्धी थप जानकारी आवश्यक परे नारायणहिटीस्थित समितिको कार्यालय वा सम्पर्क नं ९८४१६८८८८९ मा सम्पर्क गर्न सकिने पनि कार्यकारी निर्देशक ढुंगेलले बताउनुभयो । समितिको गठन आदेश जारी भएपछि यस वर्ष पहिलो पटक बजार अनुगमन गरेरै पात्रो र भित्तेपात्रोलाई नियमन गर्न लागिएको हो ।

बिहिबार, फाल्गुण १२, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]