०८ माघ २०७८, शनिबार

Darshan Daily

२ हप्ता अगाडि

विराटनगर, २१ पुस । जिल्ला स्तरी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मोतीराम स्पोर्टिङ क्लब विजयी भएको छ ।
मोरङ जिल्ला फुटबल संघले विराटनगरको सहिद मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो खेलमा सम्राट स्पोर्टिङ क्लब र बेलबारी फुटबल क्लब १–१ गोलको बराबरीमा समान अंक बाँडे । दोस्रो खेलमा मोतीरामले श्री हरैँचा स्पोर्टिङ क्लबलाई ३–१ गोलमा पराजित विजयी भयो । मोतीराम विजयी हुँदा समूह ‘क’ को विजेता र हरैँचा उपविजेता भए ।
बुधबारको पहिलो खेलमा बेलबारीका आदित्य तामाङले ३० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरित्त समय सम्राटका सनिज लिम्बूले गोल गर्दै खेललाई बराबरी पारे । खेलको म्यान अफ द म्याच बेलबारीका आदित्य तामाङ घोषित भए ।
त्यसैगरी, दोस्रो खेलमा म्यान अफ द म्याच मोतीरामका सौरभ कार्कीले २ गोल गर्दै टोलीलाई विजयी बनाए । उनले खेलको ३२ र ३३ औं मिनेटमा गोल गरेका थिए । हरैँचाका लागि एकमात्र सान्त्वना गोल पहिलो हाफको अतिरित्त समयमा राजेन्द्र अधिकारीले गरे ।
प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार र ट्रफी प्राप्त गर्ने छन् । पुस २४ गते संचालन हुने प्रतियोगितामा नवप्रगतिशील क्बल, उर्लाबारी स्पोर्टिङ क्लब, साइनो स्पोर्टिङ क्लब, युनाइटेड स्पोर्टिङ क्लब, बेलबारी फुटबल क्लब, मोतीराम स्पोर्टिङ क्लब, श्री हरैंचा स्पोर्टिङ क्लब र सम्राट स्पोर्टिङ क्लब सहभागिता रहेको छ ।
प्रतियोगिताअन्तर्गत बिहीबार नव प्रगतिशील सेवा समाज र युनाइटेड स्पोर्टिङ क्लब तथा दोस्रो खेल साइनो स्पोर्टिङ क्लब र उर्लाबारी स्पोर्टिङ क्लबबीच प्रतिष्पर्धा हुने खेल संयोजक धनबहादुर लामाले बताए ।

बुधबार, पौष २१, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]