०८ माघ २०७८, शनिबार

Darshan Daily

३ हप्ता अगाडि

विराटनगर, २० पुस । जिल्लास्तरीय ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा उर्लाबारी स्पोर्टिङ क्लब र नव प्रगतिशील सेवा समाज विजयी भएका छन् ।
मोरङ जिल्ला फुटबल संघले विराटनगरको सहिद मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा नव प्रगतिशील समाजले साइनो स्पोर्टिङ क्लबलाई ४–० गोलअन्तरमा पराजित गरेको छ । दोस्रो खेलमा उर्लाबारीले युनाइटेड स्पोर्टिङ क्लबलाई १–० गोलमा पराजितत गरेको छ ।
मंगलबारको पहिलो खेलमा नव प्रगतिशीलका रोशन राईले २२ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । ४६ औं मिनेटमा डेनिम राईले गोल थपे । ६२ र ७६ औं मिनेटमा अंकित लिम्बूले गोल संख्या बढाए । ७९ औं मिनेटमा रोशन राईले गोल गर्दै टिमलाई विजयी बनाए । खेलको म्यान अफ द म्याच रोशन राई घोषित भए ।
त्यसैगरी, दोस्रो खेलमा उर्लाबारीका संजय धिमालले ४८ औं मिनेटमा गरेको गोल निर्णाय बन्यो । खेलको म्यान अफ द म्याच युनाइटेडका गोलरक्षक सुमन राय घोषित भए ।
प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैंया र उपविजेताले नगद २५ हजार रुपैंया र ट्रफी प्राप्त गर्ने छन् । पुस २४ गते संचालन हुने प्रतियोगितामा नवप्रगतिशील क्बल, उर्लाबारी स्पोर्टिङ क्लब, साइनो स्पोर्टिङ क्लब, युनाइटेड स्पोर्टिङ क्लब, बेलबारी फुटबल क्लब, मोतीराम स्पोर्टिङ क्लब, श्री हरैंचा स्पोर्टिङ क्लब र सम्राट स्पोर्टिङ क्लब सहभागिता रहेको छ ।
प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो खेल सम्राट स्पोर्टिङ क्लब र बेलबारी फुटबल क्लब तथा दोस्रो खेल श्री हरैँचा स्पोर्टिङ क्लब र मोतीराम स्पोर्टिङ क्लबबीच प्रतिष्पर्धा हुने खेल संयोजक धनबहादुर लामाले बताए ।

बुधबार, पौष २१, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]