१६ चैत्र २०८०, शुक्रबार

Darshan Daily

२ वर्ष अगाडि

विराटनगर, १९ पुस । जिल्लास्तरीय ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा श्री हरैँचा स्पोर्टिङ क्लब र मोतीराम स्पोर्टिङ क्लब विजयी भएका छन् ।
मोरङ जिल्ला फुटबल संघले विराटनगरको सहिद मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा हरैँचाले बेलबारी फुटबल क्लबलाई १–० गोलअन्तरमा पराजित गरेको छ । दोस्रो खेलमा टेकबहादुर लिम्बूलको ह्याट्रिक गोलका साथ मोतीरामले सम्राट स्पोर्टिङ क्लबलाई ३–० गोलमा पराजितत गरेको छ ।
सोमबारको पहिलो खेलमा हरैँचाका सनम धिमालले १० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच हरैँचाका सुजन चौधरी घोषित भए ।
त्यसैगरी, दोस्रो खेलमा म्यान अफ द म्याच मोतीरामका लागि टेकबहादुर लिम्बूले ह्याट्रिक गोल गर्दै जिते निकालेका हुन् । उनले खेलको ११, ३४ र ५६ औं मिनेटमा टिमका लागि गोल गरे ।
प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैंया र उपविजेताले नगद २५ हजार रुपैंया र ट्रफी प्राप्त गर्ने छन् । पुस २४ गते संचालन हुने प्रतियोगितामा नवप्रगतिशील क्बल, उर्लाबारी स्पोर्टिङ क्लब, साइनो स्पोर्टिङ क्लब, युनाइटेड स्पोर्टिङ क्लब, बेलबारी फुटबल क्लब, मोतीराम स्पोर्टिङ क्लब, श्री हरैंचा स्पोर्टिङ क्लब र सम्राट स्पोर्टिङ क्लब सहभागिता रहेको छ ।
प्रतियोगिताअन्तर्गत मंगलबारको नव प्रगतिसिल सेवा समाज र साइनो स्पोर्टिङ तथा दोस्रो खेल युनाइटेड स्पोर्टिङ क्लब र उर्लाबारी स्पोर्टिङ क्लबबीच प्रतिष्पर्धा हुने खेल संयोजक धनबहादुर लामाले बताए ।

मंगलबार, पौष २०, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]