०३ फाल्गुण २०८१, शनिबार

रासस । एएनआई

३ वर्ष अगाडि

नयाँ दिल्ली, १६ मंसिर । भारतको दिल्लीका सबै विद्यालयहरू फेरि बन्द गर्ने घोषणा भएको छ ।
शुक्रबारदेखि सबै विद्यालयहरू बन्द गर्ने निर्णय भएको दिल्लीका वातावरण मन्त्री गोपाल रायले बिहीबार जानकारी दिनुभयो ।
“अर्को सूचना जारी नभएसम्मका लागि शुक्रबारदेखि दिल्लीका सबै विद्यालयहरू बन्द गर्ने निर्णय भएको छ,” मन्त्री रायले बिहीबार भन्नुभयो ।
उहाँका अनुसार दिल्लीमा वायु प्रदूषणको अवस्था अत्यन्त नराम्रो र घातक रहेकाले अनिश्चितकालका लागि विद्यालय बन्द गर्नुपरेको हो ।
विद्यालय खुल्लै राख्दा दिल्लीको वायु प्रदूषण झन झन बढ्दै गएको भन्दै सर्वोच्च अदालतले सरकारको ध्यानाकर्षण गरेको भोलिपल्ट सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको भारतीय अधिकारीहरूले जनाएका छन् ।
सरकारले कामदारहरूलाई पनि घरबाटै काम गर्न आग्रह गरेको छ । सवारी साधनमा हिँड्डुल गर्दा वायु प्रदूषण बढ्ने र बाहिर हिँड्दा वायु प्रदूषणको असर बढी पर्ने भएकाले सवारी साधनमा हिँड्नु वा पैदल हिँड्नु दुवै घातक हुने विज्ञहरूको भनाइ छ ।
“वायु प्रदूषण न्यूनीकरणबाहेक दिल्लीको अहिलेको समस्या समाधान गर्ने अरू कुनै उपाय नै छैन, त्यसैले वायु प्रदूषण न्यून गर्ने उपायहरू अपनाउनु परेको हो,” मन्त्री रायले भन्नुभयो ।
दिल्ली सरकारले यसअघि गत नोभेम्बर २९ मा मात्रै दिल्लीका विद्यालयहरू पुनः संचालनमा ल्याएको थियो ।
कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि बन्द रहेका दिल्लीका विद्यालयहरू अहिले फेरि वायु प्रदूषणका कारण बन्द गर्नुपरेको छ ।
विद्यालय बन्द हुँदा विद्यार्थीहरूको पठनपाठन नराम्रोसँग बिग्रिएको छ भने विद्यार्थीको भविष्य प्रति नै धेरैले चिन्ता व्यक्त गरेका छन् ।

बिहिबार, मंसिर १६, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]