२६ कार्तिक २०८१, सोमबार

Darshan Daily

३ वर्ष अगाडि

बिराटनगर, १० मंसिर । साहित्यकार डा. नवराज सुब्बाको कविता संग्रह ‘जोखनामा वर्तमान’ ई–बुक अनलाइन बजारमा आएको छ ।
हाम्रो आइडियाले प्रकाशित गरेको उक्त ई–बुकलाई थुप्रै डटकमले बजार व्यवस्थापन गरेको छ ।
यस संग्रहमा वि.स. २०६९ देखि हालसम्म रचित कवि सुब्बाका कविता, मुक्तक र गीत संग्रहित छन् । विविध स्वादका ८६ वटा रचनाहरु ई–बुकमा संग्रहित छन् । कवितामा जीवन र जगतसित अन्तरक्रिया पाइन्छन् । कवितामा मुन्धुम, मातृभाषा, लिपि र संस्कृतिबारे जानकारी र दृष्टिकोण छन् । जनस्वास्थ्य र वातावरणसम्बन्धी सचेतनामूलक सिर्जनासमेत समेटिएका छन् । काव्य यात्रामा कवि यहाँ आइपुग्दा समाजमा जोखना देख्ने परम्परागत एक पात्रका रुपमा आफूलाई पाएको कविले भूमिकामा बोलेका छन् ।
कवि सुब्बाको पद्यतर्फ यो कविता संग्रह सातौं कृति हो । सुब्बाका यसअघि ‘जीवन मेरो शब्दकोशमा’, ‘बीच बाटोमा ब्यूँझेर’, ‘यात्रा आधा शताब्दीको’, ‘चीत्कार’ गरी चार कविता संग्रह प्रकाशित छन् । उनका ‘सहिदलाई सलाम’ र ‘मन र माटो’ दुई गीत संग्रह पनि प्रकाशित भइसकेका छन् । गद्यतर्फ साहित्यकार सुब्बाका ‘मनको मझेरी’ र ‘समयको स्वाद’ दुई निबन्ध संग्रह साहित्य जगतमा प्रकाशित छन् ।

शुक्रबार, मंसिर १०, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]