२१ मंसिर २०७८, मंगलबार

Darshan Daily

२ महिना अगाडि

बिराटनगर, ५ कार्तिक । फुटबल खेलको माध्यमबाट युवाहरुको शारिरीक तथा मानसिक विकासका लागि मोरङको बेलवारीमा ‘चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलावारी गोल्ड कप–२०७८’ प्रतियोगिता हुने भएको छ ।
डाँगिहाट युथ क्लबद्वारा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा यही कार्तिक ११ गतेदेखि संचालन हुने फूटवल प्रतियोगितमा नेपाल तथा भारतका गरी आठ बटा टिमको सहभागिता हुने भएको छ ।
प्रतियोगितामा सशस्त्र प्रहरी बल, काठमाण्डौ, हिमालय शेर्पा क्लब काठमाण्डौं, च्यासल क्लब, काठमाण्डौ, आयोजक डाँगीहाट युथ क्लब, मोरङ, रोलिङ क्लब, झापा, गाईघाट फुटबल क्लब, उदयपुर, राजारानी क्लब, धनकुटा, रोयल फुटबल क्लव, सिलिगुडी (भारत) रहका छन् ।
प्रतियोगितामा बिजेता हुने टीमलाई पाँच लाख, उपबिजेतालाई दुई लाख ५० हजार नगद पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष बिक्रम वान्तवा राईले जानकारी दिनु भयो ।
क्लबका सचिव शम्भु बस्नेतले बेलबारी क्षेत्रलाई खेलकूद केन्द्रको विकास गर्न प्रतियोगिताले ठूलो मद्दत पुग्ने विचार राख्नु भयो ।
बेलबरीको लक्ष्मीमार्गस्थित प्रदेशस्तरीय खेलकुद मैदानमा १० हजार दर्शक अटाउने क्षमताको रंगशालामा प्रतियोगिता संचालन गरिने क्लबका सदस्य एवं सञ्चारकर्मी नरेन्द्र बस्नेतले जानकारी गराउनु भयो ।

शुक्रबार, कार्तिक ०५, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]