काठमाडौं, १७ जेठ । काठमाडौ उपत्यकामा भुकम्पको धक्का महशुस गरिएको छ ।
धादिङ केन्द्रविन्दु बनाएर शनिबार राति ९ बजेर ३६ मिनेट जाँदा ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो ।
धादिङको सुनौलाबजार केन्द्रविन्दु बनाएर ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।