२० मंसिर २०७८, सोमबार

Darshan Daily

२ महिना अगाडि

विराटनगर, ५ कार्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण भएको छ । ४४६ जनाको पीसीआर परीक्षण गर्दा ६३ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३३, मोरङमा २०, सुनसरीमा ३, इलाममा २ ,उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।
झापाको भद्रपुरमा १०, विर्तामोडमा ९, दमक, अर्जुनधारा र शिवसताक्षीमा ३–३, हल्दिबारी र कनकाईमा २–२ र गौरादहमा १, मोरङको विराटनगरमा १०, सुन्दरहरैचामा ४, कटहरीमा ३, बेलबारीमा २, कानेपोखरीमा १, सुनसरीको धरानमा ३, इलामको इलाम नगरपालिका र माईजोगमाईमा १–१, उदयपुरको उदयपुरगढीमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।
प्रदेश १ मा शुक्रबार ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २९ महिला र २४ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार, कार्तिक ०५, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]