०२ कार्तिक २०७८, मंगलबार

Darshan Daily

४ हप्ता अगाडि

काठमाडौँ, ६ असोज । नेपाली बजारमा बुधबार सुनको मूल्य नौ सयले बढेको छ । छापावाल सुन मंगलबार ८९ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकानुसार बुधबार छापावाल सुनको मूल्य ९० हजार एक सय तोकिएको छ ।
त्यस्तै बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० कायम गरिएको छ । तेजाबी सुन मंगलबार प्रतितोला ८८ हजार ७५० मा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य मंगलबारका तुलनामा बुधबार प्रतितोला २५ ले बढेको छ । चाँदी मंगलबार प्रतितोला एक हजार १४० मा कारोबार भएको थियो । चाँदीको मूल्य बुधबार प्रतितोला एक हजार १६५ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔँस एक हजार ७७७ दशमलव ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ जुन समयसमय परिवर्तन भइरहन्छ ।

बुधबार, आश्विन ०६, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]