०८ चैत्र २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

बिराटनगर, ९ भदौ । कोशी बहिरा संघकी अध्यक्ष सुनिता तिवारीले कोशी बहिरा संघले दोभासे कर्मचारी राखेर काम गरिरहेको बताईन् । बहिराहरुको समस्या समाधान गर्ने निकायका रुपमा संघ स्थापना भएको उनको भनाई छ ।
कोशी बहिरा संघ मोरङले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुलाई श्रवण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरुको बारेमा जानकारी दिने उद्देश्यले गरेको एक दिवसीय छलफल कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
‘बाहिर निकै समस्या छ, सूचना आदन प्रदानमा समस्या हुन्छ’, उनले भनिन्, ‘अस्पताल, अदालतलगायत यातायातको क्षेत्रमा महिला हिंसाका घटनाहरु आईरहेको हुन्छ, हामीसँग दोभासेको व्यवस्था छैन, हामीसँग दोभासे एकदम न्यून छ, त्यसैले सञ्चार माध्यमको लागि हरेक स्थानीय तह तथा सार्वजनिक निकायहरुमा दोभासेको आवश्यकता रहेको छ ।’ हरेक सार्वजनिक निकायमा दोभासे राख्नका लागि सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ ।
त्यसैगरी कोशी बहिरा संघका महासचिव रन्जन कोईरालाले श्रवण दृष्टिविहीनहरुलाई दयाको पात्र नभएर अवसरको खाँचो रहेको बताए । उनले आपूmहरुलाई दयाको पात्र नबनाईदिन आग्रह पनि गरे । स्थानीय तहमा हुने हरेक कार्यक्रमहरुमा श्रवण दृष्टिविहीनहरुलाई पनि सहभागिता गराउन घिमिरेले आग्रह गरे । स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई श्रवण दृष्टिविहीन भएकाहरुलाई प्राथमिकता राखेर काम गर्न आग्रह गर्दै घिमिरेले काम गर्नका लागि अवसरको सिर्जना गरिदिनुपर्ने बताए ।
छलफल कार्यक्रममा कोशी बहिरा संघले विगत दुई बर्षदेखि संचालनमा ल्याएको श्रवण दृष्टिविहीन संरक्षण परियोजनाले गरिरहेको काम, अहिलेको अवस्थाको बारेमा परियोजना संयोजक प्रशान्त दुलाले जानकारी गराएका थिए ।
उनका अनुसार २०६८ सालको जनगणनाअनुसार मोरङमा २५४ जना श्रवण दृष्टिविहीन मानिसहरु रहेका छन् । जसमा १४८ जना पुरुष छन् भने १०६ जना महिला रहेका छन् । संघले अहिले १९ जना श्रवण दृष्टिविहीनलाई दैनिक जीवनमा गर्नुपर्ने कुराहरु सिकाईरहेको संयोजक दुलाले बताए । १९ जना मध्ये ५ जना वयस्क श्रवण दृष्टिविहीन भएका व्यक्तिहरु रहेको र १४ जना श्रवण दृष्टिविहीन बालकालिका रहेको दुलाले जानकारी दिए ।
परियोजनाको संरक्षणमा रहेका बालबालिकाहरुलाई शिक्षण सिकाईमा कसरी लैजाने भन्ने कुराको पनि योजनाबद्ध रुपमा काम भईरहेको उनले जानकारी दिए । दुई जना आया शिक्षक राखेर उनीहरुलाई सिकाउने काम भईरहेको उनको भनाई छ ।
अपाङ्गता भएका व्यक्तिहरुसँग सरोकार रहने स्थानीय तह भएका कारण उनीहरुले कसरी काम गरिरहेका छन् र उनीहरुको बुझाई के छ भनेर बुझ्नका लागि पनि छलफल कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ । कतिपय कर्मचारीलाई कुन किसिमको अपाङ्गता भएको व्यक्तिलाई कुन वर्गमा राख्ने भन्ने कुरा थाहा नहुँदा कार्ड वितरणमा समस्या देखिने गरेको छ ।
अहिले घर घरमा स्थानिय सरकार भएका कारण स्थानीय सरकारलाई जिम्मेवारी बनाउनको लागि पनि यस्तो किसिमको छलफल आवश्यक पर्ने दुलाले बताए ।
परियोजनाअन्र्तगत बहिरा संघले अहिले कोरोनाको समयमा बालबालिकाहरुलाई अनलाईनमार्फत फिजियोथेरापि सिकाईरहेको र अनलाईन सिक्न मोबाईल नभएका बालबालिकाका अविभावकहरुलाई मोबाईल पनि प्रदान गरिएको उनले जानकारी दिए । अविभावकलाई फिजियोथेरापि सिकाउने र उनीहरुले सिकिसकेपछि आप्mना बालबालिकालाई सिकाउने काम भईरहेको उनको भनाई छ । श्रवण दृष्टिविहीन बालबालिका हिंड्न नसक्ने एकै ठाउँमा बसिरहने भएका कारण फिजियोथेरापिको आवश्यकता पर्ने उनको भनाई छ ।
कार्यक्रममा बहिरा संघका कोषाध्यक्ष जीवन दाहाल, बहिरा संघमा दोभासेको काम गरिरहनुभएकी सन्तोषी घिमिरे, मोरङ्गका स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी लगायत कोशी बहिरा संघका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

बुधबार, भाद्र ०९, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]