विराटनगर, २८ साउन । नेपाली युवा उद्योगी मञ्च विराटनगर च्याप्टरले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम गरेको छ ।
मञ्चका कार्यकारी सदस्य अभिषेक केडियाको संयोजनमा भएको रक्तदान कार्यक्रममा २१ पिन्ट रगत संकलन भएको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मोरङको क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम संचालन गरिएको नेपाली युवा उद्योमी मञ्च विराटनगर च्याप्टरका अध्यक्ष युनेशराज श्रेष्ठले जानकारी दिए ।
युवा व्यवसायि तथा रक्तदान गर्न ईच्छुक अरुले पनि रक्तदान गरेको उनले बताए । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाली युवा उद्योगी मञ्चले सात वटै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गरेको मञ्चका मिडिया संयोजक रितेश खनालले जानकारी दिए ।
जिल्लामा रगतको आवश्यकतालाई थोरै भएपनि परिपूर्ति गर्ने उद्देश्यले आफुहरुले रक्तदानको कार्यक्रम राखेको श्रेष्ठले बताए । नेपाली युवा उद्योगी मञ्चको केन्द्रीय कार्यक्रम पनि रहेको उनले भनाई छ ।
युवा मञ्चले व्यवसाय सँगसँगै सामाजिक काम पनि गर्दै आएको श्रेष्ठले बताए ।
पछिल्लो समयमा रक्तदान गर्नेहरुको संख्या बढ्दै गएको छ । पहिला रक्तदान गरेपछि कमजोरी हुईन्छ भनेर धेरैले रक्तदान गर्दैन थिए । महिलाहरु पनि आजभोली रक्तदान गर्न थालेका छन् । पछिल्लो समयमा पुरुष जत्तिकै महिलाहरु पनि रक्तदानमा अग्रसर हुन थालेका छन् । जसले गर्दा अहिले विभिन्न संघसंस्थाहरुले आफ्नो बार्षिक उत्सव तथा विभिन्न खाले दिवसहरुमा रक्तदानको कार्यक्रमहरु संचालन गर्नेक्रम बढिरहेको छ ।