१५ चैत्र २०८०, बिहिबार
पोखरीया स्कूल ढाकछोपमा उत्रियो ः प्याब्सन

आरोप निराधार र कपोलकल्पित ः पोखरीया

दर्शन सम्वाददाता

४ वर्ष अगाडि

विराटनगर, १७ जेठ । पोखरीया माध्यमिक विद्यालय बिराटनगर–३ ले लकडाउनमा पनि विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिएको घटना लुकाउन ढाकछोपमा उत्रिएको विभिन्न चार संगठनले बताएको छ ।
उनीहरुले शनिबार संयुक्त रूपमा विज्ञाप्ती जारी गर्दै लकडाउनमा पनि विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिएको घटना लुकाउन ढाकछोपमा उत्रिएको बताएका हुन् ।
यसरी विज्ञप्ती जारी गर्नेहरुमा प्याब्सन विराटनगर, एन–प्याब्सन विराटनगर, इष्टु मोरङ र हिसान मोरङ, ले विज्ञप्ती जारी गरेका हुन् ।महामारीले आक्रान्त भएका बेला विद्यार्थी भेला गरी प्रवेश परीक्षा संचालन गरिरहेको अवस्थामा प्याब्सन विराटनगरका नगर अध्यक्ष ईन्द्रकुमार राईले यस्तो अप्रिय र जोखिमपूर्ण कार्य गरी समुदायमै रोग पैmलाउने सुत्रधार नबन्न विद्यालयका जिम्मेवार ब्यक्तिलाई अनुरोध गर्दा उल्टै अप्रिय भाषामा अनुरोधलाई ठाडो तिरस्कार गर्ने कार्य भएको विज्ञाप्तीमा उल्लेख छ ।
‘यो महामारीको बेला भर्नासम्वन्धी कुनै पनि कार्य नगर्न नगराउन सरकारले लगाएको अवस्थामा सरकारी आदेशको ठाडो उल्लङ्घन गरी उल्टै प्याब्सन विराटनगरका नगर अध्यक्षलाई ब्यक्तिगत अशोभनीय र निराधार आरोप लगाई आफ्नो निकृष्ट कार्यको ढाकछोप गर्ने कामलाई हामीले अत्यन्त गैरजिम्मेवार निन्दनीय कार्य ठानेका छौं,’ विज्ञाप्तीमा भनिएको छ ।
सरकारले लकडाउन अगाडिदेखि नै सबै शैक्षिक संस्था बन्द गरी कुनैपनि गतिबिधि नगर्न निर्देशन दिएको भएपनि पोखरीया स्कूलले बिहीबार नयाँ विद्यार्थी भर्ना गर्न प्रवेश परीक्षा लिएको थियो ।
लकडाउन उल्लंघन गर्दै विराटनगरका सामुदायिक विद्यालयले प्रवेश परीक्षा लिएको भन्दै निजी विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनले आपत्ती जनाएको थियो ।
उता पोेखरीया माध्यमिक विद्यालयले भने बन्दाबन्दीको समयमा प्रवेश परीक्षा नलिएको जनाएको छ ।
विद्यालयले शुक्रबार विज्ञप्ती प्रकाशित गरी आपूmहरुमाथि लगाएको आरोप निराधार र कपोलकल्पित भएको बताएको छ ।
माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद गौतम र प्रधानाध्यापक खेमराज भट्टराईले विज्ञप्ति जारी गर्दै प्रवेश परीक्षा लिनुपर्ने कुनै कारण नभएको बताउनु भएको थियो ।

शनिबार, जेठ १७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]