०४ आश्विन २०७८, सोमबार

Darshan Daily

२ महिना अगाडि

बिराटनगर, १५ साउन । सेयर बजारको प्रबर्द्धन गर्ने उदेश्यले बिराटनगरमा नासा इन्भेस्टमेन्ट प्राली स्थापना भएको छ । सेयर बजारमा आबद्ध ४ जना युवाहरुको सक्रियतामा कम्पनी स्थापना भएको हो ।

25 लाख लगानीमा स्थापना भएको कम्पनीले अहिले ६ जनालाइ रोजगारी समेत दिएको छ । कम्पनिले सेयर खरिद बिक्री बाहेकका सेयर सम्बन्धी सबैकामहरु गर्ने कम्पनिका अध्यक्ष अरबिन्द मेहताले जानकारी दिए । कम्पनिले कृषि, ब्यापार, होटल लगायतका छेत्रमा लगानी समेत गर्ने मेहताको बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलिले प्रदेश १ को राजधानीमा स्थापना भएको कम्पनिले सेयर बजारको छेत्रमा राम्रो काम गर्नेमा आफू बिस्वस्त रहेको बताए । युवाहरुको काममा महानगरपालिका सङ्ग्सङै रहेको बताउदै महानगरले गर्ने विभिन्न कार्यक्रममा सहकार्य गर्न तयार रहेको बताए । कम्पनिले आज एक कार्यक्रमको आयोजना गरि बिधिबद रुपमा कम्पनी सन्चालन गरि कामको सुरुवात गरेको छ ।

उद्घाटन कार्यक्रममा विभिन्न छेत्रका ब्याक्तित्व हरुको सहभागिता रहेको थियो ।

शुक्रबार, साउन १५, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]