१५ चैत्र २०८०, बिहिबार

Darshan Daily

३ वर्ष अगाडि

बिराटनगर, १३ साउन । मोरङको सुन्दरहरैंचा–१० त्रिवेणी चोकस्थित खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा हातहतियार देखाइ चोरी डकैतीको प्रयास गरेको आरोपमा छ जनालाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।
गत साउन १ गते एसएमजीलगायत हातहतियार देखाएर सात जनाको समूहले उक्त ज्वेलर्स लुटपाटको प्रयास गरे पनि असफल भएर फरार भएकामध्ये छ जनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा संखुवासभाको सभापोखरी–४ घर भई सुनसरीको इटहरी उपमहानगरपालिका–२० बस्ने ३९ वर्षीय प्रकाश भन्ने चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिका–१ का ४५ वर्षीय डाइमण्ड भन्ने प्रमोद चौधरी, संखुवासभा सभापोखरी गाउँपालिका–६ बाह्रबिसे घर भई हाल इटहरी–२० बस्ने ३० वर्षीय चिरञ्जीवी राई, मोरङको सुन्दरहरैंचा नगरपालिका–५ का २२ वर्षीय मिशन राई, भोजपुरको पौवादुम्मा गाउँपालिका–३ घर भई इटहरी–२० मा डेरा गरी बस्ने ३० वर्षीय नगेन्द्र राई र मोरङको सुन्दरहरैंचा–७ का ३१ वर्षीय सन्तोष राई रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक जनार्दन जिसी जानकारी दिनुभयो ।
पक्राउ परेकामध्ये चन्द्रबहादुर र प्रमोद उक्त घटनाको मुख्य योजनाकारका रुपमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको उहाँको भनाइ छ ।
प्रहरीले रुखको टोड्का लुकाएका हतियार एमएमजी, त्यसको म्याग्जिन एक थान र गोली ६२ राउण्ड, अटोमेटिक पेस्तोल एक थान र त्यसको गोली दुई राउण्ड, कटुवा पेस्तोल एक थान, त्यसमा समेत लाग्ने थ्रीनटथ्री राइफलको गोली चार राउण्ड र दुईथान सञ्चार सेट बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । यस्तै प्रहरीले लुटपाटमा प्रयोग गरिएको छ थान मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेकाविरुद्ध चोरी डकैती र हातहतियार तथा खरखजना महलअन्तर्गत कानूनी कारवाही अघि बढाइने प्रहरीले जनाएको छ ।

बुधबार, साउन १३, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]