०४ आश्विन २०७८, सोमबार

Darshan Daily

२ महिना अगाडि

विराटनगर, २ साउन । अग्रज पत्रकार एवं विराटनगर प्रेस क्लवका संस्थापक अध्यक्ष जीवेश्वर लाखे र पत्रकार सुरेश निरौलाको निधनको सम्झनामा नेपाल पत्रकार महासंघ मोरङले शनिबार श्रद्धाञ्जली सभा गरेको छ ।
श्रद्धाञ्जली सभामा प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ का कार्यकारी निर्देशक यज्ञ शर्माले नेपाली पत्रकारितालाई जीवनता प्रदान गराउन लाखेले ठुलो भुमिका खेलेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरे, मोरङका अध्यक्ष संजीव खनाल, सल्लाकार शंकर खरेल, नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष शिवबहादुर कार्की, अग्रज पत्रकार रामरिजन यादव, प्राध्यापक चक्रपाणि खनालले पत्रकारद्वय लाखे र निरौलाले पत्रकारिता क्षेत्रमा गरेको योगदानको स्मरण गर्नुभयो ।
श्रद्धाञ्जली सभा कार्यक्रममा जीवेश्वर लाखेको बारेमा पूर्व पत्रकार जनार्दन निरौला र सुरेश निरौलाका बारेमा महासंघ मोरङ सल्लाहकार शंकर खरेलले प्रकाश पार्नुभएको थियो । लाखेको असार २१ र निरौलाको असार ३० गते निधन भएको थियो ।

शनिबार, साउन ०२, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]