०३ फाल्गुण २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, २० असार । प्रदेश १ मा आइतबार ७९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएका मध्ये ३५२ महिला र ४४० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६५ हजार ५३५ पुगेको छ ।
प्रदेश १ मा आइतबार ३१२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १३०, झापामा ९३, सुनसरीमा ५१, ताप्लेजुङमा ९, उदयपुरमा ५, पाँचथरमा ३, संखुवासभामा २, तेह्रथुम, इलाम, धनकुटामा १–१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको सुन्दरहरैचामा ५४, विराटनगरमा ४३, लेटाङमा ९, बेलबारीमा ७, बुढीगंगामा ४, पथरीशनिश्चरे, रतुवामाई र उर्लाबारीमा ३–३, ग्रामथानमा २, मिक्लाजुङ र सुनबर्षीमा १–१, झापाको दमकमा २९, विर्तामोडमा १९, अर्जुनधारामा १६, कनकाईमा ८, मेचीनगरमा ५, कमल गाउँपालिका, गौरादह र शिवसताक्षीमा ३–३, झापा गाउँपालिका र बाह्रदशीमा २–२, भद्रपुर, गौरीगञ्ज र बुद्धशान्तिमा १–१, सुनसरीको इटहरीमा ३२, धरानमा ६, रामधुनीमा ४, दुहवी र इनरुवामा ३–३, बराहक्षेत्रमा २, भोक्राहानरसिंहमा १, ताप्लेजुङको मिक्वाखोलामा ६, आठराई त्रिवेणी, फक्ताङलुङ र मेरिङदेनमा १–१, उदयपुरको त्रियुगा, ताप्ली, चौदण्डीगढी, कटारी र स्थानीय तह नखुलेका १–१, पाँचथरको फालेलुङमा ३, संखुवासभाको धर्मदेवी र खाँदबारीमा १–१, तेह्रथुमको म्याङलुङमा १, इलामको मांसेबुङमा १, धनकुटाको महालक्ष्मीमा १ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७३ हजार ३८ पुगेको छ । सक्रिय संक्रमित ६ हजार २२८ रहेको छ । प्रदेश १ मा आइतबार ८०३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ११८ महिला र १९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

आइतबार, आषाढ २०, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]