विराटनगर, २८ जेठ । नागरिक केयर सेन्टर, विराटनगरलाई एभरेष्ट बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ ।
केयर सेन्टरलाई एभरेष्ट बैंक लिमिटेडले शुक्रबार पाँच लाख सहयोग रकम उपलब्ध गराएको हो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अनुरुप उक्त रकम सहयोग स्वरुप उपलब्ध गराएको बैंकका क्षेत्रीय प्रबन्धक पूर्णबहादुर श्रेष्ठले जानकारी दिनु भएको छ । श्रेष्ठले सेन्टरका अध्यक्ष पवनकुमार सारडा र कोषाध्यक्ष महेशकुमार जाजूमार्फत चेक हस्तान्तरण गर्नु भएको थियो ।
चेक हस्तान्तरण कार्यक्रममा नागरिक केयर सेन्टरका अध्यक्ष सारडा, वरिष्ठ उपाध्यक्ष एवं कोषाध्यक्ष जाजूसहित सदस्य नविन रिजाल, मोरंग व्यापार संघका कार्यकारी प्रमुख कृष्ण रेग्मी तथा एभरेष्ट बैंक लि., प्रदेश नं. १ का क्षेत्रीय प्रबन्धक पूर्णबहादुर श्रेष्ठ, विराटनगर शाखा प्रबन्धक साजन के.सी. र क्षेत्रीय कार्यालयका रमेश भण्डारीको उपस्थिति रहेको थियो ।