०७ कार्तिक २०७८, आइतबार

Darshan Daily

५ महिना अगाडि

विराटनगर, २३ जेठ । प्रदेश १ मा आइतबार ३४९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९५, सुनसरीमा ५१, झापामा ३६, तेह्रथुममा २६, संखुवासभामा ९, पाँचथर, इलाम र भोजपुरमा ४–४, उदयपुरमा ३, ओखलढुंगा र धनकुटामा १–१ र र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा १२३, सुन्दरहरैचामा २५, बुढीगंगामा २१, बेलबारीमा १३, कानेपोखरी, केराबारी, रतुवामाई, कटहरी, सुनबर्षी र लेटाङमा २–२, ग्रामथानमा १, सुनसरीको बर्जुमा १२, इटहरीमा ११, धरानमा ८, दुहवीमा ६, इनरुवामा ४, रामधुनी र गढीमा ३–३, भोक्राहानरसिंह र बराहक्षेत्रमा १–१ र स्थानीय तह नखुलेका २, झापाको भद्रपुरमा १५, दमकमा ११, बुद्धशान्तिमा ३, अर्जुनधारा, कमल गाउँपालिका, कनकाई, शिवसताक्षी, विर्तामोड, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरि तेह्रथुमको म्याङलुङमा २५ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा ८ र सभापोखरीमा १, पाँचथरको फिदिममा ३ र फाकफोकथुममा १, इलामको मांसेबुङमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा ३ र स्थानीय तह नखुलेका १, उदयपुरको बेलकामा २ र त्रियुगामा १, ओखलढुंगा र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६१ हजार ९८६ पुगेको छ । संक्रमित भएकामध्ये ४१ हजार ६४० जना संक्रमणमुक्त भएका छन् । आइतबार ९५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ३७५ रहेको छ ।
प्रदेश १ मा आइतबार १ हजार ११३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १६५ पुरुष र १८४ जना महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

आइतबार, जेठ २३, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]