१६ चैत्र २०८०, शुक्रबार

Darshan Daily

३ वर्ष अगाडि

बिराटनगर, २३ जेठ । बिराटनगर–४ स्थित एयरपोर्ट सडक खण्डमा गत बिहीबार १ जनाको ज्यान जाने गरी भएको दुर्घटनाका चालक पक्राउ परेक छन् ।
बिराटनगर–५ बरगाछीका रविन सिंह कार्कीलाई प्रहरीले आइतबार अपरान्ह ४ बजे बिराटनगर–१ भट्टा चौकबाट पक्राउ गरेको हो ।
कार्कीले चलाएको प्र.३–०१–०२२ च २१३९ नम्बरको कारको ठक्करबाट विराटनगर–४ मा रहेको न्यू एभरेष्ट फर्निचर उद्योगमा काम गर्ने मजदुर कटहरी गाउँपालिका–२ का रामकुमार राजबंशी र भारत कटिहार घर भएका मुकेश शर्मा दास घाइते भएका थिए ।, उनीहरुलाई उपचारको लागि नोवेल अस्पताल विराटनगर पठाएकोमा मुकेश शर्मा दासको उपचारको क्रममा सोही दिन मृत्यू भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई बिराटनगर, भट्टाचौकबाट आइतबार नियन्त्रणमा लिइएको जनाएको छ । दुर्घटना भएदेखि फरार रहेका कार्कीलाई पक्राउ गर्न र बचाउन प्रहरीलाई चर्को दवाव परेको थियो ।
पक्राउ परेका कार्कीलाई ‘सवारी ज्यान’ कसुरमा थप अनुसन्धन भईरहेको प्रहरीले जनाएको छ ।

आइतबार, जेठ २३, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]