१५ चैत्र २०८०, बिहिबार

Darshan Daily

३ वर्ष अगाडि

बिराटनगर, २३ जेठ । निषेधाज्ञाको अवधिमा दैनिक मजदुरी गरी जीवनयापन गर्नेलाई हातमुख जोड्न समस्या भएको अवस्थामा विराटनगरका सामाजिक अभियन्ताहरुले आइतबार खाद्यान्न वितरण गरेका छन् ।
म्याप ट्राभल एण्ड टुर्स विराटनगर–११ र विजय ट्रेर्डस–६ ले विराटनगर–११ का दुई सय जना घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ ।
मनोज साह, टिकामान कार्की, विजय साह, विमल पोखरेल र सरोज श्रेष्ठले भोको पेट बस्नु परेका समस्यामा परेकाहरुलाई दुई दिनको अवधिमा १३ केजी चामल, खानेतेल, नुन, दाललगायतको खाद्य सामग्री घर–घरमा गई वितरण गरिएको छ ।
निषेधाज्ञाको समयावधि थप भएमा आगामी दिनमा अन्यलाई पनि खाद्यान्न सहयोग गर्ने सामाजिक अभियान्ता मनोज साहले बताउनु भयो ।

आइतबार, जेठ २३, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]