बिराटनगर, २० जेठ । प्रहरीले फरार रहेका ४ जनालाई बन्दुकसहित पक्राउ गरेको छ ।
प्रहरीले केराबारी गाउ“पालिका–३ का डिकबहादुर राई, बुद्धबिर लिम्बु, रामप्रसाद राई र लेटाङ नगरपालिका–१ का विपन लिम्बुलाई लुकाई राखेको भरुवा बन्दुकसहित बुधबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत वैशाख ८ गते हस्तकुमार राई, रुबिन लिम्बु र गजेन्द्रबहादुर राईसमेत १० जना बा“सघारी खोप सरकारी राष्ट्रिय बनतर्फ शिकार गर्न गएको बेला गजेन्द्र राईले प्रहार गरेको भरुवा बन्दुकले लागि हस्तबहादुर राईको दाहिने कुममा गोली लागेको थियो । उनको सोही गोलीका कारण घटनास्थलमा नै मृत्यु भएको थियो ।
प्रहरीले अनुसन्धानका क्रममा वैशाख ९ गते दिउ“सो रुविन र गजेन्द्रलाई पक्राउ गरी ज्यानसम्वन्धी र हातहतियार खरखजाना कसुरमा अनुसन्धान गरिरहेको थियो । सोही अनुसन्धानका क्रममा डिकबहादुर राई, बुद्धबिर लिम्बु, रामप्रसाद राई र लेटाङ नगरपालिका–१ का विपन लिम्बुलाई लुकाई राखेको भरुवा बन्दुकसहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकाहरुले बा“सघारी खोप सरकारी राष्ट्रिय वनमा ढलेको सखुवाको रूखको चेपमा माटो तथा पातहरूले छोपी लुकाई राखेको भरूवा बन्दुक २, ढुङ्गा माथि पातहरुले छोपी लुकाई राखेको भरुवा वन्दुक १ र लेटाङ–१ स्थित जंगलको ठुलो ढुङ्गाको ओडारमा लुकाई राखेको भरुवा वन्दुक १ गरी जम्मा ४ थान भरुवा बन्दुक पनि बरामद गरेको जनाएको छ ।