१० बैशाख २०८२, बुधबार

Darshan Daily

४ वर्ष अगाडि

बिराटनगर, १६ जेठ । बिराटनगर–१५ रानीबाट प्रहरीले अवैध रुपमा विभिन्न औषधि कालो बजारी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर–५ स्थित जनता मेडिकल स्टोरका रवि कुमार रजकलाई औषधि सहित आइतबार पक्राउ गरेको हो ।
प्रहरीले विषेश सुराकीको आधारमा रजकको घरबाट फिजिसियन स्याम्पलका औषधी, मुटुसम्बन्धी औषधी, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफसम्बन्धी औषधी र सेनीटाईजरलगायतका ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीहरु बरामद गरेको थियो ।
निजले औषधीको खोलहरू भण्डारण गरी झुक्याई बिक्री बितरण साथै औषधी अवैध जम्मा खोरी गरी कालो बजारी गरेको प्रहरीले जनाएको छ ।
उक्त औषधीलगायतका सामानहरू सहित निजलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

आइतबार, जेठ १६, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]