१५ चैत्र २०८०, बिहिबार

Darshan Daily

३ वर्ष अगाडि

इटहरी, १६ जेठ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी स्वास्थ्यकर्मीको टोलीसहित कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेकाहरुको घर घरमा पुग्नु भएको छ ।
इटहरी वडा नम्वर १३, १६ र १७ का छ वटा घरमा इटहरी अस्पतालकी स्टाप नर्स विनिता खतिवडा र होम आइसोलेसन सर्पोट टिमका विशाल दाहालसहित संक्रमितहरुलाई भेट्न पुग्नु भएको हो ।
संक्रमितहरुको स्वास्थ्य अवस्थाको बारेमा प्रमुख चौधरीले जानकारी लिनुभयो । उहाँले उपमहानगर जनताको साथमा रहेको बताउनुभयो । संक्रमितहरुलाई स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परामर्श दिएका छन् । होम आइसोलेसनमा बस्दा पु¥याउनुपर्ने सावधानीको बारेमा जानकारी दिइएको छ । स्वास्थ्यकर्मीहरुको टोलीसहित नगर प्रमुख घरमै आइपुग्दा आधा विराम निको भएको संक्रमितहरुले प्रतिक्रिया दिएका छन् । समस्या परेको बेला स्थानीय सरकार घरमै आउँदा उपमहानगर जनता प्रति उत्तरदायी रहेको पाएको उहाँहरुको भनाई छ ।

आइतबार, जेठ १६, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]