२६ कार्तिक २०८१, सोमबार

Darshan Daily

३ वर्ष अगाडि

विराटनगर, १५ जेठ । प्रदेश १ मा शनिबार ९९५ जना संक्रमणमुक्त भएका छन् ।
मोरङबाट सबैभन्दा बढी ३४६ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार ४३१ महिला र ५६४ पुरुष संक्रमणमुक्त भएका छ । हालसम्म कूल ३५ हजार ५३२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा शनिबार ७०१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २०६, झापामा २०५, सुनसरीमा १२१, धनकुटामा ५५, संखुवासभामा ४०, खोटाङमा १३, इलाममा ८, उदयपुरमा ५, पाँचथर र भोजपुरमा ३–३, तेह्रथुममा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ६७ महिला र ७८ पुरुषसहित १४५, सुन्दरहरैंचामा २५, कटहरीमा ११, बुढीगंगामा १०, बेलबारीमा ४, मिक्लाजुङ र ग्रामथानमा २–२, पथरीशनिश्चरे, रंगेली, धनपालथान, जहदा, उर्लाबारी र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ५८, विर्तामोडमा ३९, भद्रपुरमा २३, अर्जुनधारामा २१, शिवसताक्षीमा ११, कनकाईमा १५, मेचीनगरमा १२, बुद्धशान्तिमा ८, बाह्रदशीमा ७, गौरीगञ्ज र कमल गाउँपालिकामा ३–३, कचनकवल र स्थानीय तह नखुलेका २–२, गौरादहमा १, सुनसरीको धरानमा ५३, इटहरीमा ४३, दुहवीमा ६, बर्जुमा ५, इनरुवा र बराहक्षेत्रमा ४–४, रामधुनीमा ३, गढी र स्थानीय तह नखुलेका २–२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरि धनकुटाको शहिदभूमीमा २०, धनकुटा नगरपालिकामा १९, महालक्ष्मीमा ८, पाख्रिवासमा ५, छथरमा २ र स्थानीय तह नखुलेका १, संखुवासभाको पाँचखपनमा २०, खाँदबारीमा १३, धर्मदेवीमा ४, सिलिचोङ, मकालु र सभापोखरीमा १–१, खोटाङको खोटेहाङमा १२ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२, माई, सुर्योदय, माङ्सेवुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा ३, स्थानीय तह नखुलेका २, पाँचथरको फिदिममा २ र स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर नगरपालिकामा ३, तेह्रथुमको लालीगुराँसमा २, ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५६ हजार ३७७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ९८७ पुगेको छ । प्रदेश १ मा शनिबार १ हजार ८७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २९१ महिला र ४१० पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

शनिबार, जेठ १५, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]