३१ आषाढ २०८१, आइतबार

Darshan Daily

३ वर्ष अगाडि

विराटनगर, १ वैशाख । प्रदेश १ मा बुधबार २० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६, सुनसरी र प्रदेश १ बाहिरका २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार विराटनगरमा १५, पथरीशनिश्चरेमा १, सुनसरीको धरानमा २ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १७९ पुगेको छ ।
प्रदेश १ मा बुधबार २२६ जनाको पीसीआर परीक्षण गर्दा ९ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

बुधबार, बैशाख ०१, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]