विराटनगर, २८ चैत । प्रदेश १ मा शनिबार २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०, झापामा ६, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार मोरङको विराटनगरमा ६, पथरीशनिश्चरे, सुन्दरहरैंचा, केराबारी र स्थानीय तह नखुलेका १–१ जना, झापाको दमकमा ४, विर्तामोड र भद्रपुरमा १–१, सुनसरीको धरानमा २, इटहरी र दुहवीमा १–१ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा आजसम्म ३० हजार ४ सय ३८ जनामा संक्रमण देखिएको छ ।
प्रदेश १ मा शनिबार १९५ जनाको पीसीआर परीक्षण गर्दा ७ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३२ हजार ९५३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।