०८ चैत्र २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, २० चैत । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा संचालन भइरहेको विराटनगर २०–२० क्रिकेट प्रतियोगितामा डिसिए विजयी हुँदै अन्तिम चारमा प्रवेश गरेको छ ।
डिसिएले शुक्रबार भएको खेलमा विराटनगर सिटी क्रिकेट एकाडेमीलाई १ विकेटको रोमाञ्चक जित हात पार्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको खेलमा १४ दशमल ४ बलमा सवै विकेट गुमाई ७२ रनको झिनो योगफल खडा गरेको थियो । विराटनगरका श्याम मण्डलले १८ रन र आषिश श्रेष्ठले १५ रनकोे योगदान दिए । डिसिएका म्यान अफ द म्याच ईश्वरदेव यादवले ४ विकेट तथा आषिश चौधरी र आषिश राजवंशीले समान २–२ विकेट लिए ।
जवाफमा ७३ रनको झिनो लक्ष्य पछ्याएको डिसिएले १५ दशमल १ बलमा ९ वकेट गुमाई कठिन जित हात पारेको छ । जसमा हिमाञ्सु साहले सर्वाधिक २१ रनको योगदान दिए । विराटनगरका उसान्त साहले ५ विकेट तथा आषिश श्रेष्ठले ३ विकेट लिए ।
शनिबारको द टच स्टोन क्लव र युसिसिए विराटनगरबीच हुने आयोजकले जनाएको छ ।

शुक्रबार, चैत्र २०, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]