१९ मंसिर २०८१, बुधबार
मिल्स गोल्डकपको शनिबार फाइनल

उपाधि रक्षाको लागि एपिएफ र साइनो भिड्दै

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, १३ चैत । पहिलो मिल्स गोल्डकपको उपाधि रक्षाको लागि सशस्त्र प्रहरी (एपीएफ) पूर्वाञ्चल र साइनो स्पोर्ट्स क्लब रानी मोरङबीच प्रस्पिर्धा हुँदैछ ।
विराटनगर–१६ स्थित जुट मिल्सको खेलमैदानमा शनिबार अपरान्ह हुने गोल्डकपको फाइनलमा उपाधि हात पार्न एपिएफ र साइनोले आ–आफ्नै रणनीति तय गरी भिड्ने भएको हो ।
साइनोले बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा धरानलाई १–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको छ भने एपीएफले पहिलो सेमिफाइनलमा एलेभेन एरोज क्बल दुहबीलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।
साइनो स्पोर्ट्स क्लबका प्रशिक्षक राजु थापाले यस अघि भएको खेलमा डिफेन्स र मिडफिल्डमा देखिएको कमजोरी सच्याएर फाइनलमा प्रस्तुत हुने बताए । एपीएफ शारीरिक रूपमा बलियो रहेकाले पनि हाम्रा खेलाडीहरूलाई नयाँ रणनीति अपनाएर खेल्नुपर्ने अवस्था भएको उनले बताए । ‘अहिलेसम्म खेलाडीहरूको मेहनतको कारणले जित सम्भव हुँदै आएको छ,’ उनले भने फाइनलमा ४, ३, ३ रनिङ्गमा खेलाडी मैदानमा उत्रार्नेछु ।’ हामीले विपक्षीलाई रोक्न योजना बनाएर अगाडि बढ्ने उनको भनाई छ ।
यता एपीएफका प्रशिक्षक सुवास गिरीले खेलाडीको मिहेनतका कारणले जित निकाल्दै फाइनलमा पुगेको बताए । फाइनलमा नयाँ रणनीति अपनाएर खेलाडी उपाधिको लागि मैदानमा उत्रिने उनले बताए ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगिताको बिजेता नगद १ लाख ५० हजार रुपैंयाको साथै ट्रफि र उपबिजेताले नगद ७५ हजार रुपैंया प्राप्त गर्ने ट्रष्टका कोषाध्यक्ष बिष्णु डंगोलले जानकारी दिए ।

शुक्रबार, चैत्र १३, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]