०८ चैत्र २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

बिराटनगर, ८ चैत । जी.पी.कोइराला फाउन्डेसन विराटनगर महानगरमा प्रविन जोशी चयन हुनु भएको छ ।
नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित फाउण्डेसनको शनिबार सम्पनन भेलाले जोशीलाई चयन गरेको हो ।
फाउण्डेसन प्रदेश नं. १ का अध्यक्ष शैलेन्द्र शिवाकोटी र मोरङ अध्यक्ष कौशल निरौलाले जोशीलाई फाउण्डेसनको विराटनगर महानगर अध्यक्षमा मनोनित गरेका हुन् ।
यस्तै फाउन्डेसनको उपाध्यक्ष अरूण खेतान, सचिव प्रकाश साह, सहसचिव लिला ढुङ्गेल, कोषाध्यक्ष प्रिति कोइराला मनोनित भएका छन् ।
त्यसैगरी सदस्यहरूमा सुजन निरौला, रियाज अहमद, दिपक भट्टराई, शिरोमणी भट्टराई रहेका छन् ।
यस्तै फाउण्डेसन मोरङको रिक्त कोषाध्यक्षमा नमिता आचार्य मनोनित भएकी छन् ।
कार्यक्रममा फाउन्डेसन प्रदेश १ का अध्यक्ष शैलेन्द्र सिवाकोटी, मोरङ अध्यक्ष कौशल निरौला, सामाजिक अभियन्ता सावित्री पुरीलगायतका व्यक्तिहरूले आआप्mना धारणा व्यक्त गरेका थिए ।
यस्तै फाउन्डेसनले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसमा दीप प्रज्वलन गर्नका साथै तस्बिरमा माल्यार्पण गरेको छ । त्यसैगरी कांग्रेस नेता अशोक कोइरालाको निधनमा शोक ब्यक्त गरेकोे छ ।

सोमबार, चैत्र ०९, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]