१६ चैत्र २०८०, शुक्रबार

Darshan Daily

३ वर्ष अगाडि

विराटनगर, ७ चैत । प्रथम मिल्स गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल पूर्वाञ्चल सेमिफाइनलमा प्रवेश गरेको छ ।
विराटनगर जुट मिल्सको खेलमैदानमा शनिबारदेखि सुरू भएको गोल्डकपमा उर्लाबारी फुटबल क्बल मोरङलाई ३–० गोल अन्तरले हराउँदै सशस्त्र प्रहरी सेमिफाइनलमा प्रवेश गरेको हो ।
जितसँगै सशस्त्र प्रहरीले चैत ९ गते हुने १ नं. प्रदेश प्रहरी र एलेभेन एरोज क्लब सुनसरीको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको सुरूवातदेखि आक्रमक रूपमा प्रस्तुत भएको सशस्त्र प्रहरीले पहिलो हाफको अत्तिरिक्त समयमा गोल गरी खाता खोल्यो । खेलको ४२ औं मिनेटमा सशस्त्रका समिर राईले हेडमार्फत गोली गरी टिमलाई अग्रता दिलाए । सशस्त्रका बलराम निरौलाले क्रस पासलाई समिरले हेडमार्फत गोल गरेका थिए । पहिलो गोल गरेको १० मनिटेपछि सशस्त्रले दोस्रो गोल ग¥यो । सशस्त्रका योगेश बुर्जा मगरले ५२ औं मिनेटमा गोललाई एक्लै अगाडि बढाएर डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुम्यो ।
दोस्रो हाफदेखि उर्लाबारीले सुधारेको प्रर्दशन गरेपनि आधा दर्जन बढी पाएको अवसर खेर फाल्दा घर फर्कियो । खेलको ७९ औं मिनेटमा सशस्त्रका योगेस बुर्जा मगरले पुनः दोस्रो गोल गरी टिमको जित सुनिचत गरे । खेलको अत्य तिर सशस्त्रका सुशिल राईको ठाउँमा मैदान प्रवेश गरेका नक्कु टुडुले मिलाइदिएको पासलाई योगेशले उत्कृष्ट फिनिसिङ गरेका थिए । खेलको म्यान अफ द म्याच सशस्त्र प्रहरीका योगेश बुर्जा मगर घोषित भए । उनले खेल अवधिभरी दुई गोल गरे । म्यान अफ द म्याच घोषित भएका खेलाडीले नगद पाँच हजार रुपैंया प्राप्त गर्दछन् ।
विराटनगर–१६ स्थित मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको गोल्डकपमा आइतबारको खेल साइनो स्पोटर््स क्लब रानी मोरङ र गाइघाट फुटबल क्बल उदयपुरबीच हुनेछ ।
चैत ७ गतेदेखि १४ गतेसम्म हुने प्रतियोगितामा प्रदेशभरीका ८ टिमको सहभागि रहेको ट्रष्टका अध्यक्ष किशोर शाहीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैंयाको साथै ट्रफि र उपविजेताले नगद ७५ हजार रुपैंयाका प्राप्त गर्ने ट्रष्टका कोषाध्यक्ष विष्णु डंगोलले जानकारी दिए । प्रतियोगिताको म्यान अफ दि म्याच, सर्वोत्कृष्ट खेलाडी (म्यान अफ द सिरिज), सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, कोच र उदयमान खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको उद्घाटन मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले गरेका थिए ।

शनिबार, चैत्र ०७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]