विराटनगर, २८ फागुन । यस बर्षको ६४ औं राष्ट्रिय सहकारी दिवसको मूल समारोह मोरङ्गको पथरी÷शनिश्चरेमा हुने भएको छ ।
जिल्ला सहकारी संघ लि. मोरङको आयोजनामा हालै पथरीमा सम्पन्न विस्तारित भेलाले उक्त निर्णय गरेको हो ।
भेलाले जिल्ला सहकारी संघ लि. मोरङ्गका अध्यक्ष डिल्ली पोखरेलको संयोजकत्वमा सबै बिषयगत सहकारी संघका पदाधिकारी एवम् संचालकहरु, सबै पालिकाका संयोजक एवं सदस्यहरु, सहकारी कर्मचारी संगठनका पदाधिकारी एवम् संचालकहरु, राष्ट्रिय सहकारी बैंक र अग्रज सहकारीकर्मीहरु समेत रहेको २ सय ५१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।
त्यसैगरि कामलाई थप ब्यवस्थित बनाउनका लागि पोखरेलकै अध्यक्षतामा सबै बिषयगत संघका अध्यक्ष, सहकारी कर्मचारी संगठनका अध्यक्ष, जिल्ला सहकारी संघका संचालकद्वय युवराज भट्टराई, योगराज पौडेल, जिल्ला बचत संघका बरिष्ठ उपाध्यक्ष प्रेमप्रकास कोइराला, उपाध्यक्ष वीना राई, सचिव एकराज निरौलासमेत रहेको ब्यवस्थापन समिति निर्माण गरेको छ भने समितिको सदस्य सचिवमा जिल्ला सहकारी संघ लि. मोरङ्गका सचिव विरेन्द्र यादवलाई तय गरेको छ ।
राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको संयोजकत्वमा सहकारी रजिष्टार बलराम निरौलासहित सहकारीका केन्द्रीय निकायमा प्रतिनिधित्व गर्ने सहकारीकर्मीहरुको सल्लाहकार समितिसमेत गठन गरिएको छ ।
भेलाले सप्ताहब्यापी रुपमा बिभिन्न कार्यक्रमका साथ सहकारी दिवस मनाउन सबै संघ÷संस्थालाई अनुरोध गर्नुका साथै चैत्र १८ गते विराटनगर, बेलबारी÷सुन्दरहरैंचा, पथरीशनिश्चरे÷उर्लावारी र रंगेलीमा बृहत मोटरसाईकल ¥याली गर्ने निर्णयसमेत गरेको छ । चैत्र १९ गते साँझ ७ बजे सहकारी संघ÷संस्थाका कार्यालयहरुमा दीपावली गर्ने समेत निर्णय गरिएको संयोजक पोखरेलले जानकारी गराउनु भयो ।
नेपालमा २०१३ साल चैत्र २० गते सहकारी संस्था स्थापना भएको अवसरमा हरेक बर्ष चैत २० गते देशभरी सहकारी दिवस मनाउने गरिएको छ । मोरङ्गमा रहेका करिव ११ सय सहकारी संघ÷संस्थाका सदस्यहरुको सहभागितामा हरेक बर्ष सहकारी दिवस मनाउँदै आईरहेको छ । यस बर्षको सहकारी दिवसका दिन नेपालमा सहकारी संस्था स्थापना गर्ने पहिलो ब्यक्ति बखानसिंह गुरुङ्गको अर्धकदको सालिक पनि पथरी÷शनिश्चरेमा अनावरण गर्ने कार्यक्रम रहेको बताईएको छ । उक्त सालिक सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेको पहलमा निर्माण गरिएको हो ।
समितिका सदस्य सचिव बिरेन्द्र यादवका अनुसार कार्यक्रमलाई ब्यवस्थित बनाउन बिभिन्न उपसमितिहरु गठन गरिएका छन् । बिना राईको संयोजकत्वमा हल÷मन्च ब्यवस्थापन, गणेश राईको संयोजकत्वमा स्वयम्सेवक परिचालन, पार्वती बरालको संयोजकत्वमा झाँकी ¥याली र स्वागत सत्कार उपसमितिको जिम्मेवारी अष्टलक्ष्मी साकोसलाई दिईएको छ ।
मोटरसाइकल ¥यालीका लागि बिराटनगरमा अमृत गुरुङ्ग, रंगेली कमलेश्वर ठाकुर, पथरी÷उर्लावारी एकराज निरौला, सुन्दरहरैंचा÷बेलवारीका लागि रबिन्द्र आचार्यलाई संयोजक तोकिएको छ ।