०५ चैत्र २०८१, बुधबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, २८ चैत । प्रदेश १ स्तरिय लेखन प्रतियोगितामा तेह्रथुमकी सीता निरौला प्रथम भएकी छिन् ।
सामाजिक विकास मन्त्रालय र राष्ट्रिय युवा परिषद्को आयोजनामा बिहीबार विराटनगर सम्पन्न प्रतियोगितामा १२ जना प्रतिष्पर्धीलाई पछि पार्दै निरौला प्रथम हुन सफल भएकी थिईन् । उदयपुर र भोजपुर बाहेकका १२ जिल्लाबाट छनौट भएका १३ विद्यार्थीबीच ‘समृद्ध राष्ट्र निर्माणका लागि यूवाको विचारहरु’ विषयक प्रदेश स्तरिय लेखन प्रतियोगितामा संखुवासभाकी सविना धिताल द्वितीय, झापाकी अम्विका भट्टराई तृतीय, मोरङका गौरव खतिवडा र सोलुखुम्वुका उत्सव ढुंगेल सान्त्वना भएका छन् ।
प्रतियोगिताका विजेताहरुलाई सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले पुरस्कार वितरण गर्नुभएको थियो । लेखन प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १५ हजार, १० हजार, ६ हजार र ३–३ हजार र प्रमाणपत्र वितरण गरिएको सामाजिक विकास मन्त्रालय यूवा तथा खेलकुद शाखाका अधिकृत कोमलबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने राष्ट्रिय स्तरिय प्रतियोगिताका लागि छनौट भएका छन् ।
पुरस्कार वितरण कार्यक्रममा मन्त्रालयका सचिव कार्की, उपसचिव कृष्णप्रसाद पोखरेल, यूवा परिषद् मोरङका अध्यक्ष सन्तोष घिमिरेलगायतले बोल्नु भएको थियो ।

शुक्रबार, फाल्गुण २८, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]