०३ फाल्गुण २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

इटहरी, २० फागुन । इटहरी उपमहानगरमा फागुन २३ देखि २७ गतेसम्म १२ वटा खोप केन्द्रमार्फत कोरोना खोप लगाइने भएको छ ।
वडा नम्वर ६, ७, ८ र ९ का लागि इटहरी अस्पतालमा फागुन २३ देखि २७ गतेसम्म खोप लगाइने छ । फागुन २३ र २४ गते वडा नम्वर २ को कार्यालयमा, वडा नम्वर ३ को आधारभूत स्वास्थ्य केन्द्रमा, वडा नम्वर ४ को सामुदायिक अस्पताल र वडा नम्वर ५ को परिवार नियोजन संघमा खोप लगाउने कार्यतालिका छ ।
यसैगरि १० देखि १३ नम्वर वडाका लागि खनार स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गतेसम्म खोप लगाइने छ । वडा नम्वर १० को मनमोहन प्राविमा फागुन २५ गते, १७ र १८ वडाका लागि पकली स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गतेसम्म कोरोना विरुद्धको खोप लगाइने छ ।
वडा नम्वर १४ देखि १६ का लागि एकम्वा स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गतेसम्म, वडा नम्वर १ को हाँसपोसा स्वास्थ्य चौकी भवनमा फागुन २३ र २७ गते, वडा नम्वर १९ को पञ्चालयत रजत निमाविमा फागुन २४ गते र वडा नम्वर २० को महिला असहाय भवन तरहरामा फागुन २५ र २६ गते खोप लगाउने कार्यक्रम रहेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।
तेश्रो चरणमा ५५ बर्षमाथिका जेष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी, नीजि स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, सार्वजनिक स्वास्थ्य संस्थाका चालक, सहचालक र छुटेका जनप्रतिनिधि र कर्मचारीलाई खोप दिइने छ ।
खोप अभियान सफल बनाउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी, खोप कार्यकर्ता र सरोकारवालाबीच छलफल गरिएको छ ।

शुक्रबार, फाल्गुण २१, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]