बिराटनगर, १८ फागुन । विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई सहजढंगले राजश्व कर तिर्ने व्यवस्थाका लागि मंगलबारदेखि अनलाईन पोर्टल संचालनमा ल्याएको छ ।
नगरवासी करदाताले आफ्नो विवरण हेर्ने र कर भुक्तानीका लागि के कति रकम भुक्तानी गर्नुपर्ने जानकारी उक्त अनलाइन पोर्टलमा आउने व्यवस्था गरिएको छ ।
कार्यालय वा वडा गै लाइनमा बस्नु पर्ने कार्यको अन्त्य गरी सहज ढंगले घरबाट भुक्तान गर्ने व्यवस्था मिलाइएको छ ।
महानगरका प्रमुख भीम पराजुलीले सफ्टवेयरको मंगलबार उद्घाटन गर्दै यस प्रविधिबाट नगरवासीले सहजरुपले राजश्व बुझाउन सक्ने चर्चा गर्दै आगामी दिनमा यसमा थप सुविधा उपलव्ध गराउन आवश्यक सुझावका लागि आग्रह गर्नुभयो ।
उहाँले अहिलेको व्यस्त दिनचर्याको अवस्थामा सेवाग्राहीले सहज रुपले अनलाईन पोर्टलबाट सेवा प्राप्त गर्ने बताउँदै नगरवासीलाई अन्य यसप्रकार सेवा सुविधा प्रदान गर्ने कार्यलाई निरन्तरता दिने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।