११ माघ २०८१, शुक्रबार

दर्शन सम्वाददाता

५ वर्ष अगाडि

विराटनगर, १६ जेठ । रुकुम पश्चित चौरजहारी नगरपालिका–८ सोतीमा भएको नरसंहारबाट ५ जना मारिएको घटनाको निष्पक्ष छानविन र पीडित परिवारलाई न्याय तथा क्षतिपूर्तिको माग गर्दै शुक्रबार देशभर एकसाथ प्रदर्शन गरिएको छ ।
राष्ट्रिय दलित पत्रकार संघ मोरङ, दलित मुक्ति संगठन, नेपाल दलित संघ मोरङलगायत दलित अभियानमा कृयाशिल विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले संयुक्त रुपमा शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा एक घण्टा धर्ना दिनुका साथै घटनाका दोषीलाई कडा कानुनी कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकार मदन भुजेलमार्पmत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।
राष्ट्रिय दलित पत्रकार संघ १ नं. प्रदेशका कोषाध्यक्ष पदमकुमार सरदार, मोरङ अध्यक्ष किशोर विश्वकर्मा, नेपाल दलित संघका प्रतिनिधि सिताराम विश्वकर्मा, दलित मुक्ति संगठनका नेता जितनारायण सरदार, सुभाषकुमार सरदार र रिडेफ नेपालका सचिव कपिल सुनार, परिवर्तनका लागि हातेमालो अभियानका अध्यक्ष विनोद चहार (परियार) लगायत विभिन्न संघ संस्थाको अगुवाईमा मोरङका दलित अगुवाहरु धर्नामा बसेका हुन् ।
धर्नापछीको कोणसभामा बोल्दै मानव अधिकार सञ्जाल प्रदेश १ संयोजक डिग घिमिरेले रुकुम पश्चिम चौरजहारीको हत्याकाण्ड क्रुर मानवीय अपराध भएकाले घटनाका विषयमा सत्य तथ्य छानविन गरी दोषीलाई हदैसम्मको कारवाहीको माग गरे ।
उनले जातीय विभेदकै कारण हत्याकाण्ड भएकाले घटनालाई राजनीतिकरण हुन नदिई निश्पक्ष छानविन गरी दोषीलाई कडा कारबाहीको माग गरे ।
कोणसभामा सबै संघ संस्थाको प्रतिनिधित्व गर्दै दलित मुक्त संगठन मोरङका नेता जीतनारायण सरदारले हत्याकाण्डको भत्र्सना गर्दै सरकारले यस्ता प्रकारका जघन्य अपराधको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
उनले घटनाका दोषीलाई उन्मुक्ति दिलाउने प्रयास गरिए देशभरका दलितहरु सशक्त आन्दोलनमा उत्रने चेतावनी दिए । धर्नापछी प्रजिअ भुजेलाई बुझाइएको ज्ञापन पत्रमा अन्तरजातीय विवाह गर्न पाउने स्वतन्त्रतामा कानुनलेसमेत बन्देज नलगाएको तथा प्रेमकै विषयलाई लिएर हत्यासमेतका घटनाहरु घटाउनु संविधान, कानुन र मानवअधिकारका दृष्टीले समेत जघन्य अपराध भएकाले सत्य तथ्य छानविन गरी कारबाही गर्न माग गरिएको राष्ट्रिय दलित पत्रकार संघ मोरङका अध्यक्ष किशोर विश्वकर्माले जानकारी दिए ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ भुजेलले तत्काल सम्बन्धीत निकायमा पठाउने आश्वासन दिए । उनले. रुकुम घटनाप्रति सरकारको ध्यानाकर्षण भएको बताए । शनिबार रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुश्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ ।
मृतक नवराजको शव भेरी नदीमा भेटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य ४ जनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा एक जना बेपत्ता छन् ।

शुक्रबार, जेठ १६, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]