३० आश्विन २०७८, शनिबार

Darshan Daily

८ महिना अगाडि

काठमाडौं, २१ माघ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सात अर्ब सात करोड ९४ लाख ८० हजार रकम माग गरेको छ ।
आयोगको मंगलबारको बैठकबाट भएको निर्णयानुसार उक्त रकम निकासका लागि अर्थमन्त्रालयलाई पत्रचार गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कोभिड–१९ महामारीको समयमा निर्वाचन संचालन र व्यवस्थापन गर्नु परेको हुँदा विगतको निर्वाचनमा भएका खर्चभन्दा मितव्ययी हुने गरी अपनाउनुपर्ने स्वास्थ्य सतर्कतासमेतलाई ध्यान दिइ निर्वाचन संचालन आर्थिक कार्यविधि तयार गरिएको आयोगले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग मंगलबार भएको छलफलसमेतका आधारमा निर्वाचन संचालन र व्यवस्थापनसम्बन्धी आवश्यक न्यूनतम कार्यका लागि मात्र बजेट माग गरिएको बताइएको छ । विगतका निर्वाचनमा प्रयोग भई हाल मौज्दात रहेका मतपेटिकालगायत विभिन्न उपकरण र सवारीसाधन मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएको तथा नयाँ सामग्री, उपकरण र सवारी साधन खरीद गर्ने गरी बजेटमा समावेश नगरिएको जानकारी दिएको छ ।
कोभिड–१९ सँग सम्बन्धित सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थाका लागि ३७ करोड ४१ लाख ७४ हजार प्रस्ताव गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचनको काममा आयोग, ७७ जिल्ला निर्वाचन कार्यालय, १६५ निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा खटिने कर्मचारी न्यूनतम संख्यामा रहने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
निर्वाचनसँग सम्बन्धित तालीम, अनलाइनका माध्यमबाट समेत गर्ने गरी व्यवस्थापन गरिएकाले आसन्न निर्वाचन थप मितव्ययी हुने आयोगको भनाइ छ ।

बिहिबार, माघ २२, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]