विराटनगर, ९ माघ । प्रदेश लोकसेवा आयोगको प्रथम वार्षिक उत्सब कार्यक्रम प्रदेश नं. १ को मुख्यमन्त्री तथा मन्त्री परिषद्को सभा हलमा सम्पन्न भएको छ ।
प्रमुख अतिथि प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ ले विरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गरी सुरु भएको सो कार्यक्रममा प्रदेश १ का योजना आयोगका उपाध्यक्ष माननीय सुबोधराज प्याकुरेल, निमिक्त प्रमुख सचिब, प्रदेश सभाका सचिब, विभिन्न मन्त्रालयका सचिबहरु, निजामती कर्मचारी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
शुभकामना मन्तब्यका क्रममा प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ ले लोक सेवा आयोगको गरिमा निश्पक्षतामा रहेको औल्याउँदै प्रदेश लोकसेवालाई प्रदेशमा स्थापित गराउन सरोकारवाला सबैले सहयोग गर्नुपर्ने बताउनु भएको छ । ज्ञान, बुद्धि, विवेक, शीप र बौद्धिकताको उचित प्रयोग राष्ट्रिय समृद्धिका लागि हुनुपर्ने कुरामा जोड दिनुभएको छ ।
प्रदेश लोकसेवा आयोग सबैका लागि र संधैका लागि विश्वासिलो, निश्पक्ष, तटस्थ, पारदर्शी बनी रहोस् भन्ने शुभेच्छासहित शुभकामना समेत व्यक्त गर्नु भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अथितिले प्रदेश लोकसेवा आयोगले प्रकाशन गरेको प्रदेश लोकसेवा आयोग स्मारिकाको विमोचन गर्नु भएको थियो ।
कार्यक्रमा अतिथि तथा उपस्थित महानुभावहरुलाई प्रदेश लोकसेवा आयोगकी सदस्य माननीय सजना दाहालले शुभकामना व्यक्त गर्नु भएको थियो । प्रदेश लोकसेवा आयोगका सदस्य माननीय टीकादत्त राईले प्रदेश लोकसेवा आयोगले एक वर्षको अन्तरालमा गरे भोगेका कार्यहरुको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।
माननीय सुबोधराज प्याकुरेल र निमित्त प्रमुख सचिबले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गर्नु भएका प्रदेश लोकसेवा आयोगका अध्यक्ष माननीय उत्तमकुमार भट्टराईले धन्यवाद ज्ञापनसहित कार्यक्रकको अन्त्य गर्नुभएको थियो ।