२१ कार्तिक २०८१, बुधबार

दर्शन सम्वाददाता

४ वर्ष अगाडि

बिराटनगर, १४ पुस । अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएको सामग्रीहरु प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सोमबार पौने ८ बजे बिराटनगर–१४ जतुवा नजिक जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी प्लाष्टिकको बोरा तथा हाते झोलामा प्याक गरेको बिभिन्न प्रकारका मोवाइलका ईलेक्ट्रोनिक पार्टपुर्जा तथा लत्ताकपडा र खाद्यान्न सामग्रीहरु बरामद गरेको हो ।
बरामद गरेको सामानहरु अन्दाजी २ लाख ३८ हजार ७ सय ९० बराबरको रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले मोवायलमा लाग्ने टेम्पर ग्लास १०३ बन्डल, बुट लेखिएको ब्लुतुथ ८ पिस, बोस बुस्टर लेखिएको सोनी कम्पनीको ठुलो ईयर फोन ४ पिस, आईफोनको डाटा केवल १५० पिस, वायरलेस ब्लुतुथ ४० पिस, चार्जर प्लक ३० पिस, कोट पेन्टको कपडा ३ बण्डल, लेडिज साडी ६ पिस, लेडिज सुरुवाल ४ पिस, लेडिज सुईटर ४ पिस, लेडिज ठुलो कुर्ता ६ पिस, कुर्ता सुरुवालको पिसको कपडा २२ पिस, लेडिज लेङ्गा ५ पिस, रेडबुल २ बण्डल ४८ पिस बरामद गरेको छ ।
त्यसैगरि प्रहरीले रसगुल्ला ११ बट्टा, सुरज पापड १४ प्याकेट, एमडिएच कास्मिरी मिर्ची ५ बण्डल ५० थान, मिट मसला ५ वण्डल ५० पिस, चिकेन मसला ३ वण्डल, अमोल घ्यु ३० पिस, विभिन्न किसिमका बिस्कुट ४ कार्टुन, चिनी १० बोरा (३०० केजी), खोर्सानी सुकेको १ बोरा १० केजी, सुर्ती ४ केजी, रजनीगन्धा, बम्बई गुर्खा ५ केजी र खाद्यान्न सामग्री बेसार, खोर्सानी, लसुन पनि बरामद गरेको जनाएको छ ।
बरामद गरिएको सामानाहरु बिराटनगर मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको प्रहरीले जनाएको छ ।

बुधबार, पौष १५, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]