बिराटनगर, १४ पुस । महिला उद्यमशिलता विकासमा विभिन्न आयामहरु सम्बन्धी एकदिने अभीमुखिकरण कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ ।
सावतीको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. एक विराटनगरको आयोजनामा मंगलबार अभिमुखिकरण कार्यक्रम भएको हो ।
अभिमुखिकरण कार्यक्रममा सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ की सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले प्रदेश एकको औद्योगिक अवस्था, लगानी, महिला उद्यमीहको अवस्था, प्रदेशमा संचालन भएका औद्योगिक विकास, मन्त्रालयको बजेट, महिलाका क्षेत्रमा छुट्याईएको बजेट, महिला उद्योगीहरुले लिन सक्ने बजेट, लगानी क्षेत्र आर्थिक विकासका लागि महिला सशक्तिकरणलगायतका बारेमा जानकारी दिनुभएको थियो ।
त्यसैगरी मेड्पा प्राविधिक उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय १ नं. प्रदेश विराटनगरकी प्रादेशिक लघु उद्यम विकास विज्ञ सविता कोईरालाले उद्योग संचालनमा सरकारले गर्न सक्ने सहयोग, महिला उद्यमीले सहयोग लिन अपनाउनुपर्ने तरिका, योजना छनौट, लगानी, आईपर्ने जोखिम, महिलाको आर्थिक अवस्था सुधार गर्न सरकारले गरेको काम कारर्वाहीको बारेमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।
महिला उद्यम व्यवसायीलाई कर तथा व्यवसाय दर्ता तथा प्रक्रियासम्बन्धी चार्टर एकाउन्टटेन्ट अरुण राउतले अभिमुखिकरण कार्यक्रममा सहभागि महिला उद्यमीहरुलाई जानकारी गराउनु भएको थियो । उहाँले विना दर्ता व्यवसाय गर्दा व्यवसायीहरुलाई धेरै खालका समस्या आउने भएकालाई सबैलाई व्यवसाय दर्ता गर्न आग्रहसमेत गर्नुभएको थियो ।
सो अवसरमा राजन शर्माले व्यवसायीले उत्पादन गर्ने सामग्रीको गुणस्तर, ग्राहक, बजारलाई मध्यनजर गर्नुपर्ने बताएका छन् । उहाँले गुणस्तरीय बस्तु उत्पादन गर्ने तरिका, निर्यातको तयारीको बारेमा सहभागीलाई जानकारी दिनुभएको थियो । व्यवसायीले शुरुवात कहाँबाट गर्ने भन्ने विषयमा आफैले त्यो बस्तु मन पर्छ पर्दैन, उपयोग गरेको छ की छैन्, आफैले ग्राहकको गाउँमा बसेर विश्लेषण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा एक १ प्रदेशमा विभिन्न व्यवसाय गरिहेका महिला उद्योगीहरुको सहभागिता रहेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. एक विराटनगरकी महिला उद्योग विकास समितिकी संयोजक सरु केसीले जानकारी दिनुभयो ।