१० बैशाख २०८२, बुधबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, ११ पुस । प्रदेश १ मा शनिबार १३९ जना डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुने सबै होम आईसोलेसनका रहेका छन् । हालसम्म २६ हजार ८४९ जना संक्रमणमुक्त भएका छन् ।
प्रदेश १ मा शनिबार १३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ५, मोरङमा ४, धनकुटामा ३ र सोलुखुम्वुमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको विर्तामोडमा ५, मोरङको कानेपोखरीमा ३, बुडीगंगामा १, धनकुटाको धनकुटा नगरपालिका र सोलुखुम्वुमा १ जनामा संक्रमण देखिएको हो । हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ६२७ पुगेको छ ।
प्रदेश १ मा शनिबार १६९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८ महिला र ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ६ हजार ८९३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

शनिबार, पौष ११, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]